राजनीतिक दलका नेताहरु नजरबन्दमा राखिएका थिए । जुलुस र धर्नामा पूर्ण रोक लागेको थियो । निरंकुश शासनले नागरिकका मौलिक हकअधिकार कुण्ठित भयो । तर यो अवस्था धेरै दिन रहन सकेन । दलका नेता, पेशाकर्मी–व्यवसायी र आम नागरिक निरंकुशतन्त्रको बिरोधमा उत्रिए । तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीबीच भएको १२ बुँदे सहमतीको जगमा दोस्रो जनआन्दोलन सुरु भयो । र, परिणामस्वरप २०६२,०६३ को जनआन्दोलनबाट २ सय ४० वर्षदेखिको राजतन्त्र नै समाप्त भयो ।
जनआन्दोलनपछि शासनसत्ता जनताको हातमा आयो र संविधानसभामार्फत जनताका उपलब्धीहरु संस्थागत गरिएका छन् । यद्यपि, उक्त जनआन्दोलन र ऐतिहासिक परिवर्तनवाट अपेक्षा गरे अनुरुप परिवर्तनको महशुस गर्न नपाएको भन्दै राजनीतिक दल र नेताहरुप्रति सर्बसाधारणहरु सन्तुष्ट भने हुन सकेका छैनन् ।
news24nepal
Post a Comment