काठमाडौं, माघ १९ । बंगलादेशमा जारी अन्डर नाइन्टिन विश्वकप क्रिकेटको क्वाटरफाईनलमा पुगिसकेको नेपालको प्रतिद्वन्द्वीको टुंगो आज(मंगलबार) लाग्दैछ ।
समुह ए अन्तर्गत अहिले भइरहेको अन्तिम लिग खेलले क्वाटरफाइनलमा नेपालको प्रतिद्वन्द्वी टुंगो लगाउनेछ । समुह ए को खेलमा अहिले आयोजक बंगलादेश र नामिबिया खेल्दैछन् ।
सोमबारको खेलमा भारतसँग ७ विकेटले पराजित हुँदै नेपाल समुह डी को उपविजेतामै सिमित भएको थियो । यस्तो अवस्थामा नेपालले क्वाटरफाइनलमा समुह ए को विजेतासँग खेल्नेछ ।
यो खेलको विजेतासँग नेपालले शुक्रबार क्वाटरफाइनल खेल्नेछ भने पराजित हुने टोलीसँग समुह डी को विजेता भारतले खेल्नेछ ।
यसअघि, बंगलादेशको ढाकामा सोमबार भएको खेलमा नेपाललाई भारतले ७ विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ७० रनको सामान्य लक्ष्य भारतले १९ औं ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।
imagekhabar
Post a Comment