फोटो खिचेपछि भारतका ग्रेट वाल राहुल द्रविडले नेपाली क्रिकेटरलाई भने, ‘तिमीहरुले राम्रो खेल्यौ’

काठमाडौं–आईसीसी यू–१९ विश्वकप क्रिकेटमा भारतसँग ७ विकेटले पराजित भएपछि यतिबेला नेपालीहरु स्तब्ध छन् । धेरैले यो खेललाई भारतले लगाएको अघोषित नाकाबन्दीको प्रतिशोधका रुपमा लिएका थिए । तर राजनैतिक र हारका दुई फरक–फरक दुखका बाबजुद बंगलादेशमा रहेको नेपाली टोलीको मनोबल अझैँ बढेको छ । रोचक कुरा, नेपाली टोलीको मनोबल बढाउने भूमिकामा भारतीय प्रशिक्षक तथा पूर्वस्टार ब्याटस्म्यान राहुल द्रविड छन् । ग्रेट बाल अफ इन्डियाको उपनामले चिनिने द्रविड खेलाडी छदाँ जति बिस्फोटक थिए । व्यक्तिगत जीवनमा उनी त्यति नै असल मानिसका रुपमा चिनिन्छन् ।
भारतसँग नेपाल पराजित भएपछि दुखी देखिएका बलिङ प्रशिक्षक विनोद दासले राहुल द्रविडसँगको भेट खेलाडीहरुका लागि अविस्मरणीय रहने बताएका छन् । नेपाल र भारतको खेलअघि नै विनोद दासले भनेका थिए– ‘यदी राहुलले हाम्रा खेलाडीहरुका लागि समय छुट्याएर उनीहरुसँग कुरा गर्छन् भने त्यो ठूलो विषय हो । हामीले त उनलाई टिभीमा देखेको हा । हामीले वर्षौदेखी उनको प्रशंशा गर्छौ । क्रिकेट खेल्नेका लागि राहुल आर्दश हुन् ।’
नेपाल र भारतबीचको खेलपछि उनै विनोदसँगै राहुल नेपालको ड्रेसिङ रुममा पुगे । उनले नेपाली टोलीसँग केवल १० मिनेटमात्रै बिताए । त्यतिबेला राहुलसँग कुरा गर्ने क्रममा नेपाली खेलाडीहरु केही नभर्स देखिएका थिए । तर जब उनीहरु फोटो खिच्नका लागि बाहिर अर्थात मैदानमा आए । त्यतिबेला उनीहरु हार बिर्सेर चिच्याइरहेका थिए किनकी उनीहरुसामू भारतीय क्रिकेटका भगवान् राहुल द्रविड प्रत्यक्ष उपस्थित थिए ।
अन्तर्राष्ट्रिय क्रिकेटमा २४ हजारभन्दा बढी रन प्रहार गर्ने द्रविडसँग सँगै फोटो खिचाउँदाको ऐतिहासिक क्षणले नेपाली क्रिकेटहरु भावनात्मक बनेका थिए । राहुल द्रविड यसरी विपक्षी टोलीका खेलाडीहरुसँग भेट्न पुगेको यो नै पहिलो अवसर होइन । भारतले वार्म अप म्याचमा क्यानेडालाई हराएपछि टोलीका सबै खेलाडी खुसी मनाइरहेका थिए । त्यति नै बेला प्रशिक्षक राहुल क्यानेडाको डे«सिङ रुममा पुगे । उनले हार–जीत सामान्य विषय हो भन्दै खेलाडीहरुलाई सम्झाए र उनीहरुको मनोबल वृद्धी गरे ।

उनले फेसबुकमा राखेको स्ट्याट्स
नेपाली क्रिकेटरहरुका लागि भने राहुल द्रविडसँगको भेट क्यानेडाका क्रिकेटरहरुको तुलनामा महत्वपूर्ण रह्यो किनकी राहुलले नेपाली टोलीका सबै खेलाडीसँग हात मिलाए । क्वाटरफाइनलमा पुगेको नेपाललाई उत्कृष्ट खेल्दै नयाँ इतिहास कोर्न सुझाव दिए । नेपाली टोली भारत विरुद्ध नमज्जाले पराजित भएपनि राहुलको व्यवहारपछि भने निकै प्रभावित भयो ।
प्रशिक्षक जगत् टमाटा भन्छन्–‘खेलपछि राहुललाई भेट्न पाउँदा हाम्रा खेलाडीहरु निकै खुसी छन् ।’ नेपालका उपकप्तान आरिफ शेखले यसअघि अर्का भारतीय क्रिकेटर गौतम गाम्भिरलाई भेटेका थिए । तर राहुलसँगको भेट उनका लागि नचिताएको सपना सरह भयो । उनी भन्छन्–‘धेरै खुसी लागेको छ । उनी ठूलो कदका क्रिकेटर हुन् । उनले हामीलाई मनोबल सिकाएका छन् ।’
टेलिभिजनमा सबैले प्रत्यक्ष देख्दा नेपाली खेलाडीहरु निरीह देखिए । भयंकर ठूलो प्रतिद्धन्द्धी विरुद्ध जति गर्दा पनि नेपालको केही सिप लागेन । एकपछि अर्को विकेट गिर्दै गयो । बलिङमा नेपाल निरीह नै भयो । भारतले १८ ओभरभित्रै लक्ष्य भेट्यायो । धेरैले नेपालको इनिंग्स्लाई टेस्ट र भारतको इनिंग्स्लाई टी २० भन्दै खिल्ली समेत उडाए । तर मैदानबाहिर खेलाडीहरुले राहुललाई भेटेको दृश्य न त टेलिभिजनबाट प्रशारण हुने कुरा थियो । न त यसको विषयमा चर्चा नै भयो । तर खेलाडीहरुले राहुललाई भेटेपछि हारका बाबजुद सान्त्वना पाए । खेलका विषयमा नेपाली उपकप्तान आरिफ शेख भन्छन्–‘ हामीले यदी २ सय २० वा २ सय २५ को स्कोर खडा गरेको भए भारत सायद सूरुआती १० ओभरमा त्यति धेरै आक्रामक हुने थिएन । तर भारत जस्तो टोली विरुद्ध १ सय ६० वा १ सय ७० को लक्ष्य राम्रो होइन । त्यसैले उसले आक्रमक खेल्यो ।’ राहुलजस्तै शेख पनि मिडिल अर्डरका ब्याटस्म्यान हुन् । उनी आफ्नो डट बलको प्रतिशतलाई घटाउँदै त्यसलाई रनमा बदल्न चाहन्छन् । राहुलले नेपाली टोली राम्रो छ भनेकोमा आरिफलाई खुसी छ ।
‘उनले के भने भन्दा तपाईहरुले इनिङग्सको सूरुआतमै सट खेल्ने होइन । उनी निकै असल मान्छे हुन् । मलाई ढुक्क छ हाम्रा खेलाडीहरुले उनले भनेका शब्दहरुलाई बाँकी खेलमा याद गर्नेछन् । उनीसँगको भेट यादगार छ ।’– यसअघि बैंगलोरमै राहुलसँग भेटेका नेपाली प्रशिक्षक जगत् टमाटाले भने ।
खेलाडीहरु राहुल द्रविडसँग केही समय बिताउँदा खुसी देखिएका थिए । यता नेपाली समर्थक आफ्नो युवा टिमलाई मैदानमा भेट्न उत्सूक थिए । बंगलादेशमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु अध्ययन गर्छन् । शनिबार झन्डै ५ सय समर्थक रंगशाला आए । ढाकामा मेडिकल पढ्दै गरेका डाक्टर राम थापा क्षेत्री भन्छन्–‘हामी क्रिकेटमा उदाउँदै गरेका राष्ट्र हौ । त्यसैले आईसीसीले नेपालको विषयमा सोचेर धेरैभन्दा धेरै अवसर उपलब्ध गराउनुप¥यो । विशेषगरी टेस्ट राष्ट्रसँग क्रिकेट खेल्ने अवसर ।’ यसअघि न्युजिल्याण्ड विरुद्ध नेपालले जीत हासिल गर्दाको साक्षी बन्ने क्रममा क्षेत्री प्याराफिटमा थिए । त्यतिबेला फतूल्लाह रंगशालामा झन्डै एक सय नेपाली टोलीको हौसला बढाउन उपस्थित थिए । राहुल द्रविडको सद्भाव र समर्थकहरुको पुरापुर समर्थनका कारण हौसिएको नेपाली टोलीले क्वाटरफाइनलमा गल्तिहरु सुधार्दै इतिहास रच्ने योजना बनाएको छ ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget