कोइरालाको १३औं दिनको काम सकियो

काठमाडौं, फागुन ८ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको १३औं दिनको काम शनिबार सकिएको छ ।

कांग्रेसले आइतबार देशैभर श्रद्धाञ्जलि कार्यक्रम गर्ने भएपछि शनिबारै १३औं दिनको पितृप्रसाद कार्यक्रम आयोजना गरेको हो ।

कोइराला निवास महाराजगन्जमा भएको कार्यक्रममा पार्टीका कार्यबहाक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंहलगायतका नेता तथा कार्यकताहरुको उपस्थिति रहेको थियो ।

कोइरालाको गत माघ २६ गते निधन भएको थियो । कोइराला बस्दै आएको घरमै कोइरालाका भतिजाहरु अतुल कोइराला र सुधांश कोइरालाले काजकिरिया गरेका थिए ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget