बलिउड हिरोहिरोइन पनि भेट्दैछन् प्रम ओली

नयाँ दिल्ली : ६ दिने राजकीय भ्रमणका लागि यहाँ आएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेता र व्यापारीहरु मात्र होइन, बलिउड हिरोहिरोइनलाई समेत भेट्ने कार्यक्रम तय भएको छ।
नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालय दुवैको कार्यक्रम लिस्टमा नभए पनि अन्तिम समयमा बनाइएको कार्यक्रम अनुसार भ्रमणको अन्तिम दिन मिटिङ विद् बलिउड स्टार्स मिलाइएको छ।
प्रम ओलीले बुधबार मुम्बईबाट स्वदेश प्रस्थान गर्ने फ्लाइट समात्ने गरी दुई घण्टाअघि बलिउड स्टारहरुलाई भेट्ने कार्यक्रम छ। यसअघि प्रमले १ बजे बिजनेस कम्युनिटीलाई मात्रै भेट्ने कार्यक्रम तय भएको थियो।
भारतको फिल्म नगरी मुम्बईमा आउँदा बलिउड स्टारहरुलाई भेट्ने कार्यक्रम टाइट सेड्युल हेर्दा हतारमा मिलाइएको जस्तो देखिएको छ। प्रमसित को-को फिल्म स्टारहरुले भेट्ने छन्, त्यो खुलिसकेको छैन। तर आमिर खान, शाहरुख खान, दीपिका पाडुकोण वा ऐश्वर्या रायसित हाम्रा प्रधानमन्त्रीको पोज पोजका फोटो हेर्न पाइने आशा भने तपाईँ गर्न सक्नुहुन्छ।
taja khabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget