फुपू अकस्मात् काठमाडौंमा सबैजना चकित

फाल्गुन ८, २०७२- १२ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्णपदक विजेता जुडो खेलाडी फुपूल्हामु खत्री बुडापेस्ट (हंगेरी) जाने क्रममा दिल्लीमा रोकिएपछि शुक्रबार स्वदेश फर्किएकी छन् ।

२१ वर्षीया फुपू ओलम्पिक छात्रवृत्तिमा बुडापेस्टमा एक महिना अघिदेखि प्रशिक्षण गरिरहेकी छन् । उनी इत्तिहाद एयरलाइन्समार्फत शुक्रबार नै हंगेरी पुग्ने टिकट थियो । गुवाहाटीबाट सीधै बुडापेस्टमा लगेज लिनेभन्दा विमान कम्पनीले अस्वीकार गरेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले बताए ।

‘दिल्लीमा लगेज निकालेर बुझउँदा ह्यान्डब्यागमा सामान बढी भएछ । ह्यान्डब्यागको सामान लगेजमा हाल्दा उनको हंगेरीको मल्टीपल भिसा पनि लेगजमै परेछ । त्यसैले इमिग्रेसनले रोकेपछि उनी बोर्डिङ पास लिएर पनि हंगेरीतर्फ उड्नबाट वञ्चित भइन्,’ अध्यक्ष बज्राचार्यले भने, ‘त्यसैले उनलाई काठमाडौं बोलाइएको हो ।

उनी नेपाल एयरलाइन्सबाट शुक्रबार साँझ ७ बजे त्रिभुवन विमानस्थलमा ओर्लिइन् ।’ फुपूलाई एक साताभित्रै हंगेरी पठाउने अध्यक्ष वज्राचार्यले बताए । ‘ओलम्पिक छनोटको तयारी गर्नुपर्छ । त्यसैले प्रशिक्षण छाडेर खेलाडीलाई धेरै राख्नुहुन्न,’ वज्राचार्यले भने ।

उनका अनुसार रियो ओलम्पिक २०१६ मा छनोट हुन प्रयासरत फुपूले अप्रिल १४–१७ मा उज्वेकिस्तानमा हुने एसियन जुडो च्याम्पियनसिपसहित युरोपमा हुने विभिन्न प्रतियोगितामा खेल्नेछिन् ।

लेलेप ९, ताप्लेजुङकी फुपूले सिलोङस्थित नेहरू स्पोर्ट्स कम्प्लेक्समा भएको १२ औं सागको जुडोमा स्वर्णपदक जितेकी थिइन् । उनले ६३ केजीमुनिको स्पर्धामा आयोजक भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानका खेलाडीलाई पराजित गरेकी थिइन् । उनी दक्षिण एसियाली खेलकुदको जुडोमा नेपाललाई २१ वर्षयता स्वर्ण दिलाउने पहिलो खेलाडी हुन् । र, जुडोमा स्वर्ण जित्ने पहिलो महिला खेलाडी पनि ।


१२ औं सागमा जुडोतर्फ स्वर्ण जित्न सफल फुपूल्हामु खत्री शुक्रबार त्रिभुवन विमानस्थलमा । अंगद ढकाल


ekantipur


Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget