पोखराकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्याको कारण शारीरिक सम्पर्क गर्न नमान्नु रहेको प्रहरीले खुलासा गरेको छ । घटना भएको एक सातापछि कारण खोल्दै प्रहरीले नेहाका हत्यारालाई समेत पक्राउ गरिसकेको छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका अभियुक्तले हत्या अभियोग स्वीकार गरिसकेका छन् । पक्राउ पर्नेमा सतिश खड्गी रहेको स्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालय कास्कीको उच्च स्रोत भन्छ- ‘हाम्रो अनुसन्धानमा उनले हत्या गरेको स्वीकारेका छन् । रातिको समयमा सेक्स प्रस्ताव गर्दा नमानेपछि मैले हत्या गरेको हुँ भन्ने कारण अभियुक्त खड्गीले खुलाएका छन् । बाँकी विवरण दिउँसो सार्वजनिक हुन्छ ।’
खड्गीले नेहामाथि आफूले अश्लिल हर्कत गर्न प्रयास गर्दा नेहाले प्रतिवाद गरेको र त्यसपछि हेलमेटले हानेर उनको हत्या गरेको कुरा पनि स्वीकार गरेका छन् ।
पोखराको न्युरोडस्थित स्माईल क्याफेमा लेखापाल पदमा कार्यरत नेहा दैनिक बिहान काममा जाने र राति ७–८ बजे फर्कने क्रममा उनी माघ १८ गते साँझ घर नफिर्किएपछि आफन्तले खोजी गरेका थिए । खोजी गर्ने क्रममा माघ १९ गते विहान घर नजिकै हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
उनको विभत्स हत्या र क्षतविक्षत शवका फोटोहरु सार्वजनिक भएपछि कारवाही माग राख्दै देशैभरी विरोध प्रदर्शन र कारवाहीको माग गरिएको थियो । विदेशका प्रवासी नेपालीले पनि दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् ।
dainiknepal
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.