पोषण योजनामा घट्दो बजेट

जुम्ला: सरकारको बहुक्षेत्रीय पोषण योजना लागू गरेको जुम्लामा चालु आव २०७२/७३ का लागि बजेट अख्तियारी घटेर आएको छ।

गत आवको अन्त्यमा रु ८९ लाख प्राप्त अख्तियारीमा यसवर्ष रु ६८ लाख ४७ हजार मात्र प्राप्त भएको हो। गत वर्षदेखि जिल्लामा कार्यान्वयनमा ल्याइएको बहुक्षेत्रीय पोषण योजना सुनौला हजार दिनका आमा र बच्चालक्षित कार्यक्रमसँग सम्बन्धित योजना भएको जिविसका सम्पर्क व्यक्ति क्षेत्रबहादुर बुढथापाले बताए।

यो योजनाअन्तर्गत जिल्लाका कुडारी, कालिकाखेतु, पाण्डवगुफा, गज्र्याङ्कोट र छुमचौर गाविसमा पोषणसम्बन्धीका विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। जिल्ला शिक्षा, कृषि, पशुसेवा, खानेपानी तथा सरसफाइ सवडिभिजन, स्वास्थ्य, महिला तथा बालबालिका र स्थानीय शासन, जिविसको कार्यालयअन्तर्गत यो योजना अघि बढाइएको छ।

गतवर्ष जिल्लाले रु आठ लाख बजेट फ्रिज गरेको थियो। परिणामतः रु २० लाख ५० हजार बजेट चालु आवमा घटेर आएको जिविसले जनाएको छ। यो योजनामा सम्बन्धित रहेर कृषिले कर्णालीमा उत्पादित रैथाने बालीका परिकार र त्यसको खाने विधिका क्रियाकलाप सञ्चालन गर्नेछ।

महिला तथा बालबालिका कार्यालयले सासू बुहारी, किशोरकिशोरी शिक्षाका कार्यक्रम अगाडि बढाउनेछ भने जिल्ला खानेपानीले गाविसमा विशुद्ध खानेपानीको व्यवस्था गर्ने जनाएको छ। त्यसैगरी पशुले चल्ला कुखुरा र त्यसको व्यवसाय विकासका गतिविधि सञ्चालन गर्नेछ।

जिल्ला शिक्षाले विद्यालयस्तरमा सरसफाइ तथा शिक्षक विद्यार्थी सीपयोगी तालिमको व्यवस्था गर्ने जनाएको छ। संयोजक जिल्ला स्वास्थ्य कार्यालयले भने सरकारद्वारा जारी मातृशिशुसहित सुनौला हजार दिनको स्तरवृद्धिका कार्यक्रम गर्ने भएको छ।

नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको जिविसले स्थानीयस्तरदेखि गठित विभिन्न समिति, विषयगत कार्यालय तथा सरोकारवालासँग योजनाका सम्बन्धमा बहसका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget