साग फुटवलमा स्वर्ण बिजेता नेपाली टोलीलाई नगर परिक्रमा गराउन नेपाली सेनाको गाडी तयार

उपाधिको खडेरीले बाँझो रहेको नेपाली फुटबल मैदानमा गत महिना राहतको सिंचाई गरेको यो टोलीले अर्को महत्वपूर्ण अध्याय पनि थपेको छ , जस्ले गर्दा नेपाली फुटबल मैदान खुसीयाली फर्किएको छ । हरियाली छाएको छ ।


म्याच फिक्सिङ र भ्रष्टाचार प्रकरणका कारण वदनाम बनेको नेपाली फुटबललाई त्यो बदनामीमा लामो समय डुब्न नदिइ खेलाडीहरुले नेपाली फुटबल जगतमा मडारिएको कालो बादल समेत हटाउन सफल भएका छन । यो चोट र वदनामीका बीच नेपाली खेलाडीले दिलाएको सफलता बास्तबमा नै चमत्कारिक छ नै ।
राम्रो खेल्ने तर जित्न नसक्ने छवि वनाएको नेपाली फुटबल टोलीले पछिल्ला दुई प्रतियोगिताबाट त्यो छविलाई पनि पखालेको छ , लागेका सबै दागहरु पनि हटाएको छ । नेपाली टोलीमा देखिएको फाइटिङ स्पिरिट भनौ लडाकुपनाको विकास यस्मा अझ थप्दा पछि परेको अवस्थालाई पनि उल्ट्याउन सक्ने क्षमताको विकास नेपाली टोलीमा भित्रिएको नयाँ गुण बनेको छ । खेलमा पछि परेपछि नर्भस बन्ने र गोल गर्न नसक्ने प्रवृति नेपाली टोलीको परम्परागत परिचय नै बनेको अवस्थामा त्यो शैलीलाई पनि यसपटक देखि नेपाली टोलीले विर्से झै देखिएको छ ।
news24nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget