पार्टीको एउटा बन्द कोठाभित्र २० जना नेताहरु नै तलमाथि गरिरहने परिपाटीलाई यसपटकको महाधिवेशनबाट अन्त्य गर्नुपर्ने बताए । सोमबार विहान इमेज च्यानलको ‘इमेज संवाद’मा कुराकानी गर्दै उनले कांग्रेसमा विगत २० बर्षसम्म सिमित प्रभावशाली नेताले पार्टी चलाएर युवालाई अवसर नदिएको उनको आरोप छ ।
सभापतिका दाबेदारका रुपमा देखिएका तीनजना शिर्ष नेताहरुले सँगै हुर्काएका युवा पुस्ताका नेताहरुलाई अवसर दिएर आफूहरु अभिभावका रुपमा भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।
‘तथ्यहिन समाचार’ प्रति दुःखी
युवा नेता थापाले काठमाडौं–४ बाट आफू पराजित भएको भनेर ‘तथ्यहिन समाचार’ प्रवाह भएको प्रति दुःख व्यक्त गरेका छन् । क्षेत्र नम्बर ४ मा भएको क्षेत्रिय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि निर्वाचनमा संस्थापन पक्षका बहुमत निर्बाचित भएका छन् ।
क्षेत्रिय समितिमा सभापति राजु श्रेष्ठबाहेक सबै पदमा संस्थापनको वर्चश्व रहेको छ । १३ मध्ये ८ जना संस्थापन पक्षीय नेताहरु महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । सभापतिमा संस्थापन पक्षकै २ जना उम्मेदवार भएपछि सभापति उम्मेदवार न्हुच्छेनारायण श्रेष्ठ ४ मतले पराजित भएका हुन् ।
महाधिवेशन प्रतिनिधि निर्वाचित भएका १३ जना मध्ये ८ संस्थापनका छन् । देउवा पक्षका भने क्षेत्रिय सभापति राजु श्रेष्ठ र आत्माराम पौडेलमात्रै निर्वाचित भएका छन् ।
imagekhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.