मधेस आन्दोलनलाई धोका दिएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई कारबाही गर्ने निर्णय गरेको छ।
मोर्चाको जिम्मेवार नेता भएर पनि आन्दोलन तुहाउन महतोको शंंकास्पद भूमिका देखिएकोले मधेसी जनता समक्ष सार्वजनिक रुपमा माफी मागेर गल्ती सुधार्न मोर्चाले महतोलाई निर्देशन दिएको छ। महतोकै हर्कतले आन्दोलन कमजोर बनेको मोर्चाको बैठकले ठहरसमेत गरेको एक नेताले बताए।
मोर्चाको बैठकले विरगन्ज नाका खोल्नु पर्ने भन्दै महतोले विराटनगरमा दिएको गैरजिम्मेवार अभिव्यक्ति र उनको अप्रत्यक्ष सहयोगले विरगन्ज नाका खुलेको निष्कर्ष निकालेको छ।
‘विरगन्ज नाका खुल्नुमा महतोको भूमिका छ। उनलाई सच्चिन हामीले मौका दिन चाहेकोले सार्वजनिक रुपमा माफी माग्नु पर्छ र यस्तो गल्ती सुधार्न पर्छ भन्नेमा हाम्रो जोड छ, एक नेताले भने।’ महतोले आफ्नो गल्ती सच्याउन र माफी माग्न अटेर गरे मोर्चाले थप कदम चाल्न बाध्य हुने समेत चेतावनीसमेत दिएको छ।
मोर्चाको बैठकमा वीरगन्ज नाका खोल्नु पर्ने भन्नेबारे दिएको अभिव्यक्तिप्रति महतोले अस्पष्ट जवाफ दिएको उनले बताए।
महतोको केपी र प्रचण्डसँग साँठगाँठ
मोर्चाले आन्दोलन तुहाउन महतो हात रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग साँठगाँठ रहेको आरोप लगाएको छ।
वीरगन्ज नाका खोल्नु पर्ने अभिव्यक्ति दिएको भोलिपल्टै नाका खुल्नु र प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष प्रचण्ड महतोलाई बधाई दिनुले उनीहरुबीच साँठगाँठ रहेको पुष्टि एको मोर्चाका शीर्ष नेताको बैठकले निष्कर्ष निकालेको छ।
setopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.