नेपालको पक्षमा उभिए भारतका यी पूर्व प्रधानमन्त्री, नरेन्द्र मोदीको कडा आलोचना

काठमाडौं, १ फागुन । पाँच महिनादेखि अघोषित नाकाबन्दी लगाएको भारत सरकारको विश्वव्यापी आलोचना भइरहेका बेला एक जना पूर्व प्रधानमन्त्री पनि विरोधमा उत्रिएका छन् ।
उनले नेपालको पक्ष लिँदै नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारले छिमेकीसँग बदमासी गरेको आरोप लगाए । उनी हुन् । भारतमा दुई कार्यकाल प्रधानमन्त्री बनेका डा. मनमोहन सिंह । जो भारतको प्रमुख विपक्षी दल कांग्रेस आईका नेता समेत हुन् ।
मोदीभन्दा पहिला पदमा रहँदा नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भुमिका खेलेका सिंहले एक भारतीय पत्रिका इण्डिया टुडेलाई अन्तर्वार्ता दिँदै मोदी सरकारले नेपालमा संविधान निर्माणको पूर्वसन्ध्यामा अपनाएको शैली सही नभएको भन्दै आलोचना गरे ।
पूर्वप्रधानमन्त्री सिंहले नेपालको संविधान जारी हुन लागेका बेला भारत सरकारले अपनाएको पछिल्लो नीतिको आलोचना गरेका हुन् ।
सिंहले नेपालले संविधान जारी गर्नु केही दिनअघि भारत सरकारले विदेशसचिव एस जयशंकरलाई कडा सन्देशसहित काठमाडौं पठाउनु उचित तरिक थिएन भन्ने टिप्पणी गरेका छन् । उनले अहिले सरकारमा रहेका नेतृत्वकर्तामा निकै घमण्ड झल्किएको समेत आरोप लगाए ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget