काठमाडौं: पाकिस्तानले अमेरिकासँग आठवटा लडाकू जहाज किन्न लागेपछि भारतमा तनाव बढेको छ ।
अमेरिकाले आठवटा अत्याधुनिक आठवटा लडाकू विमान पाकिस्तानलाई बेच्ने निर्णय गरेलगत्तै भारतले त्यसमा आपत्ति जनाउँदै नयाँ दिल्लीस्थित अमेरिकी दूतलाई असन्तुष्टी जनाएको छ ।
ओबामा सरकारले पाकिस्तानसँगको सम्झौता रोक्ने सांसदहरुको मागका बावजुद आठवटा एफ-१६ लडाकू विमान बेच्ने फैसलाबारेमा अमेरिकी कांग्रेसलाई खबर गरिएपछि त्यसमा भारतले असन्तुष्टी जनाएको हो ।
भारतीय विदेश मन्त्रालयले पाकिस्तानलाई एफ-१६ विमान बिक्रीबारे आफ्नो असन्तुष्टी जाहेर गर्नका लागि दिल्लीस्थित अमेरिकी राजदूत रिचर्ड वर्मालाई साउथ ब्लकमा बोलाइएको छ ।
विदेशमन्त्रालयले बोलाएपछि राजदूत वर्मा साउथ ब्लक पुगेर भारतको असन्तुष्टी सुनेका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीट गर्दै पाकिस्तानलाई एफ-१६ विमान बेच्ने अमेरिकी फैसलाबाट भारत निराश भएको जनाएका छन् ।
'हामी यस किसिमको सैन्य सम्झौताले आतंकवादसँग जुध्न मद्दत मिल्ने कुरामा विश्वास गर्दैनौं', उनले ट्वीट गर्दै भनेका छन् ।
अमेरिकाले यो सम्झौतामार्फत ७० करोड डलरमा पाकिस्तानलाई लडाकू विमान दिनेछ । यी विमान हरकुनै मौसममा पनि हमला गर्न सक्षम छन् ।
अमेरिकी विदेश मन्त्रालयले रिपब्लिकन र डेमोक्रेटिक दुबै दलका प्रभावशाली सांसदहरुको बढ्दो विरोधका बावजूद कांग्रेस दिएको जानकारीमा पाकिस्तानलाई एफ-१६ ब्लक ५२ विमान, उपकरण, प्रशिक्षण र अन्य सैन्य सामाग्री बिक्री गर्ने मञ्जुरी दिइरहेको जानकारी दिएको छ ।
पेन्टागनको शाखा रक्षा सुरक्षा सहयोग एजेन्सीले यो सम्झौताको लागत अनुमानित ६९.९४ करोड डलर रहेको छ ।
अमेरिकाले पाकिस्तानसँग भएको यो सम्झौताले सैन्य सन्तुलनमा कुनै असर नपर्ने जनाएको छ । एजेन्सीका अनुसार यस प्रस्तावित सम्झौताको सूचना कांग्रेसलाई गराउनु कानूनसरह जरूरी हुन्छ ।
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.