फाल्गुन १, २०७२- नेपाल यू २३ र माल्दिभ्स १२ औं सागको सेमिफाइनलमा शनिबार प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार साँझ ७:१५ मा सुरु हुनेछ ।
तीन साताअघि ढाकामा भएको बंगबन्धु गोल्डकप जितेको राष्ट्रिय टिमका २० खेलाडी यू २३ टिममा छन् । बंगबन्धुको सफलता त्यो २३ बर्षपछि राष्ट्रिय टिमले जितेको उपाधि थियो । त्यसबेला नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ ले हराएको थियो । अहिलेको माल्दिभियन टिममा पनि बंगबन्धुमा सहभागि खेलाडीकै वर्चस्व छ ।
समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग २–१ ले हारेको खेलमा पहिलो रोजाईका गोलकिपर विकेश कुथु, फरवार्ड विमल घर्तीमगर र अन्जन विष्टलाई चोट लागेको भन्दै आराम दिइएको थियो । भुटानविरुद्ध ५–० को जितमा ह्याट्रिक गरेका नवयुग श्रेष्ठलाई पनि चोटले सताएको छ । उनी सेमिफाइनलमा खेल्ने निश्चित छैन । अरु तीन भने खेल्ने प्रशिक्षक राजुकाजी शाक्यले बताए ।
‘सबै खेलाडी उत्साहित छन् । हाम्रो लागि सेमिफाइनल पनि फाइनल बारबर हो । माल्दिभ्सलाई हराएर स्वर्ण जित्ने अभियानमा अगाडि बढ्न चाहन्छौं,’ २३ बर्षअघि स्वर्णविजेता टिमका कप्तानसमेत रहेका शाक्यले बताए । अर्को सेमिफाइनलमा आयोजक भारत र बंगलादेश शनिबारै भिड्नेछन् ।
kantipur
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.