सम्झनामा १९९३ : ‘हारेको भए बज्दैन थियो राष्ट्रिय धून ।’
१९९३ को फुटबल उपाधी किन महत्वपूर्ण ?
–१९९३ मा नेपालको सिनियर टोलीले नै उपाधी जितेको थियो ।
–१९९३ को ढाका साफमा नेपालले जितेको त्यो एकमात्रै स्वर्ण थियो ।
– यदी फाइनलमा नेपाल पराजित भएको भए रंगशालामा राष्ट्रिय धून बज्ने थिएन, किनकी स्वर्ण जित्नेको सम्मानमात्रै राष्ट्रिय धून बजाइन्छ ।
– १९९३ पछि पनि नेपालले प्रधानमन्त्री कप, बंगबन्धु गोल्डकप लगायतका उपाधी जित्यो । तर फिफा र एएफसीले आधिकारीकता दिएका प्रतियोगिता जित्न सकेको छैन ।
– १९९३ को सफलतापछि नेपाल फिफा वरियतामा एकैपटक १ सय २४ औँ स्थानमा उक्लियो । नेपालसँग फाइनलमा पराजित भएको भारत १ सय २६ औँ स्थानमा चिप्लियो ।
– नेपाली फुटबलले स्वर्ण पदक नजितेको भए ढाका साफबाट नेपाल स्वर्णविहिन बनेर फर्कने थियो । पुरै प्रतियोगितामा भारतले सर्वाधिक ६० स्वर्ण जित्दा नेपालले १ स्वर्ण जित्यो तर फाइनलमा भारतलाई नै हराएर उपाधी जित्दा नेपालमा अर्कै माहोल सिजर्ना भएको थियो ।
– रंगशालामा नेपाली टोलीको खेल हेर्न त्यतिबेलै ठूलो संख्यामा दर्शक उपस्थित थिए ।
के भन्छन् त्यतिबेला नेपाललाई स्वर्ण जिताउनेहरु ?
–नेपाललाई स्वर्ण जिताउने क्रममा भारत विरुद्ध बराबरी गोल फर्काएका मणि शाह भन्छन्–‘ अहिलेजस्तो फुटबलमा त्यतिबेला पैसा दिएन । चना र अण्डा खाएकै भरमा खेल जित्नुपर्ने हुन्थ्यो । तर, रातो र निलो रंगको समिश्रण रहेको नेपाली टिमको जर्सी लगाउन पाउनु नै हाम्रा लागि गर्वको विषय हुन्थ्यो ।’
– नेपालका तत्कालिन गोलकिपर उपेन्द्रमानसिंह जसले भारतीय खेलाडीको प्रहार बचाएर टाइब्रेकरमा नेपाललाई जीत दिलाए । उनी भन्छन्–‘ हामीले प्रतियोगितामा एउटा स्वर्ण मात्रै जितेका थियौ“ । तर फुटबलतर्फ त्यही एउटा स्वर्ण जितेर फर्कदा एयरपोर्टमा समर्थकहरुले हामीलाई दक्षिण एशियाली खेलकुद प्रतियोगिता नै जितेको जस्तो व्यवहार गरे । मेरो करियरको टर्निङ प्वाईन्ट नै त्यही प्रतियोगिता थियो । त्यसपछि थुप्रै प्रतियोगिता खेले । तर त्यस्तो अविस्मरणीय क्षण पछि कहिल्यै आएन । मलाई लाग्छ फुटबललाई माया गर्ने सबैका लागि त्यो क्षण अविस्मरणीय थियो ।’
– नेपालका तत्कालिन कप्तान राजू शाक्य यसपटकको फाइनल यात्राको प्रसङग जोड्दै भन्छन् –‘ हामीले भारतलाई हरायौ“ । यसपटक पनि भारतलाई फाइनलमै हराउने अवसर छ । अझ, महत्वपूर्ण अवसर भनेको त्यतिबेला हामीले भारतलाई बंगलादेशमा हराएका थियौ“ । यसपटक भारतीय भूमिमै हराउन चाहन्छौ ।’
राजूकाजी नै छन् अहिले नेपालको प्रशिक्षकFullscreen capture 2152016 40606 PM
राजूकाजी शाक्य फिफा र एएफसीबाट मान्यताप्राप्त पहिलो अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्ने नेपाली टोलीका एक सदस्य हुन् । उनी सन् १९८४ मा नेपालले दक्षिण एशियाली खेलकुदमा स्वर्ण जित्दा पनि टोलीमा थिए । सन् १९९३ मा नेपालले स्वर्ण जित्दा त उनले टोलीको कप्तानी नै गरे । अहिले नेपाल सन् १९९३ पछि पहिलो पटक दक्षिण एशियाली खेलकुदको उपाधी जित्न तम्तयार रहदा शाक्य टोलीको प्रशिक्षक छन् । खेलाडी छदाँ डिफेन्स र मिडफिल्ड दुबैबाट खेल्ने शाक्य लामो कपाल र लङ थ्रोका लागि चिनिन्छन् । उनी लामो दूरीबाट थ्रो हान्दै विपक्षीको पोस्टसम्म पु¥याउन माहिर थिए । शाक्यलाई नेपालका थ्रो इन किङ पनि भनिन्छ ।
यस्तो थियो खेलको अवस्था
सन् १९९३ डिसेम्बर ।
भारतलाई हराउनु चानचूने विषय थिएन । अक्टोबरमा फिफा वरियतामा ९९ स्थानमा रहेको भारतले डिसेम्बरमा दक्षिण एशियाली फुटबल खेलमा स्वर्ण जित्नका लागि नेपालसँग प्रतिस्पर्धा गर्दै थियो । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा खेल सूरु हुनअघि पदाधिकारीहरुले मैदान छिरेर खेलाडीहरुलाई हौसला प्रदान गरिरहेका थिए । तर पहिलो हाफ सोचजस्तो भएन, नेपालको गोलपोस्ट सम्हालेका युवा गोलकिपर उपेन्द्रमानसिंह चुक्दा भारतले एकाएक खेलमा अग्रता बनायो र नेपालीहरुको बाँकी रहेको एउटै आशा पनि समाप्त गर्ने लक्षण देखायो । भारतीय टिमले सुरुआतमा नेपालमाथि निकै दबाब बनाएको थियो ।
उमेश प्रधान, वसन्त गुरुङ, राजुकाजी शाक्य, देवनारायण चौधरी र उपेन्द्रमानसिंह नेपालका चर्चित खेलाडी थिए । फर्म खस्कदै गएका कारण त्यतिबेलाको राष्ट्रिय टोलीमा नेपालका सदाबहार स्ट्राइकर गणेश थापाले स्थान पाएनन् । नेपाली टोली पहिलो हाफमा भारतसँग १–० ले पछि परेको अवस्था उल्ट्याउन दोस्रो हाफमा निकै मेहिनत र जोडबलका साथ लागिप-यो । नेपालका लागि प्रत्येक कर्नर मणि शाहले प्रहार गथ्ये अनि धेरैभन्दा धेरै थ्रो कप्तान राजूकाजी शाक्यले । राजूकाजीले प्रहार गरेका प्रत्येक थ्रो विपक्षीको पोस्टसम्मै पुग्थ्यो । लङ थ्रोका किङ भनेर चिनिने राजूकाजी शाक्यले मध्यान्तरपछिको २१ औँ मिनेटमा गरेको थ्रोलाई भारतीय खेलाडीले नियन्त्रणमा लिन नसक्दा नेपालले कर्नर भयो । प्राप्त कर्नरमा मणि शाहले गरेको प्रहार विपक्षीको गोलपोस्ट नजिकै पुग्दा नेपाली खेलाडीहरुले बल नियन्त्रणमा लिए । त्यतिबेलै मौकाको पूर्ण सदुपयोग गरे, उमेश प्रधानले । नेपालका जर्सी नम्बर ७ उमेशले गोलपोस्ट नजिकबाट चलाखीपूर्ण प्रहार गरेको भारतीय गोलकिपरले पत्तो समेत पाउन सकेनन् । खेल बराबरी गरेपछि नेपालले फेरि अर्को झ्टका अन्त्यतिर व्यहोर्नुप-यो । खेल सकिनु ६ मिनेटअघि आईएम विजयनले गोल गर्दै भारतलाई अग्रता दिलाए । भारतीय खेलाडीको प्रहारलाई नेपाली गोलकिपर उपेन्द्रमानसिंहले पन्च गरेपछि रिबाउन्ड बलमा उनले गोल गरेका थिए । नेपाली टोली अन्तिम समयसम्म पनि डटेर खेल्यो । खेल सकिनु २ मिनेट बाँकी छदाँ नेपालले फ्रिकीक प्रहारको अवसर पायो र उक्त अवसरलाई मणि शाहले सोझै गोलमा परिणत गरे । त्यसपछिको अतिरिक्त समयमा पनि नेपालले भारतमाथि दबाब कायम राख्यो तर दुबै पक्षबाट गोल हुन सकेन । टाइब्रेकरमा नेपालका लागि राजेश मानन्धर, राजू शाक्य, मणि शाह तथा वसन्त गुरुङले गोल गरे । यता, सूधीर घोष, सत्येन्द्र, भूपेन्द्र सिंह ठाकूरले पनि बललाई गोलपोस्टको जाली चुमाएका थिए । तर एक भारतीय खेलाडीले गरेको प्रहारलाई नेपाली युवा गोलकिपर उपेन्द्रमानसिंहले कलात्मक तवरले जोगाए र आफ्नो क्षमतालाई जर्बजस्त प्रमाणित गरे । अर्का भारतीय खेलाडीले गरेको प्रहार गोलपोस्टबाट बाहिरिएपछि नेपालका लागि वसन्त गुरुङले निर्णायक गोल गरेका थिए । ओलम्पिक काउन्सिल अफ एशियाका अध्यक्ष शेख अहमद फाद अल सलाहले नेपाली फुटबल खेलाडीहरुलाई स्वर्ण पदक प्रदान गरे । नेपाल फर्किएपछि पनि नेपाली खेलाडीले उस्तै सम्मान पाए ।
ratopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.