– अनिल खत्री
गुल्मी, २ फागुन । नेपाल सरकारका उपप्रधान एवं गरिवी निवारण तथा सहकारी मन्त्री चित्रबहादुर केसीले नेपाली जनताको चाहनामा देशमा नयाँ संविधान जारि भएसँगै संविधानलाई पटक पटक आक्रमण भएको बताएका छन् ।
महेन्द्र आर्दश उच्च माध्यमिक विद्यालयमा वामीटक्सार गुल्मीकले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री केसीले अरुले भने झै गरि संविधान निर्माण नगर्दा देशले लामो समय नाकाबन्दीको मार खेप्नु परेको बताए । उनले भने- हामी र हाम्रो संविधानमाथि पटक पटक आक्रमण भयो, संविधानको घाटी थिचेर मार्ने खोजियो तर, नेपाली जनताको स्वाभिमानले सफल भएन् । नेपालीको जित भयो ।
मन्त्री केसीले राज्य सत्ताले यस्तो अवस्था ल्याएको नभई छिमेकीले नै देशलाई असहज बनाएको भन्ने कुरा नेपाली जनताले बुझेका कुरा बताए । मन्त्री केसीले वामीबासीहरुले राखेको मागप्रति आफु निकै गम्भिर भएको भन्दै समस्या समाधानको निम्ति आफू लागि पर्ने समेत उल्लेख गर्नुभयो ।
dainiknepal-
Post a Comment