उपाधिमा भारतको तगारो हटाउने नेपालको दाउ

नेपाल सोमबार भारतसँग भिड्दै
गुवाहाटीः १२ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलको उपाधिका लागि नेपालले सोमबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली फुटबलको हरेक स्पर्धामा तगारो बन्दै आएको भारतलाई यसपदक जितेर छाड्ने नेपालका प्रशिक्षक राजुकाजी शाक्यले बताए ।

‘हाम्रो योजना भारतलाई हराएर स्वर्ण जित्नु हो । सेमिफाइनलमा माल्ेिदभ्सलाई हराएपछि टोलीका सबै खेलाडीको मनोबल उच्च छ’ नेपाली प्रशिक्षक राजुकाजी शाक्यले भने, ‘नेपाली खेलाडीले जस्तोसुकै कठिन अवस्थामा पनि राम्रो खेल्न सक्छन् भन्ने उदाहरण यही सागमा देखिएको छ ।’


भारत बलियो टोली भएकाले उसको घरेलु मैदानमा सर्मथन उसलाई मिले पनि गोर्खाली पनि कम नरहेको सन्देश दिइछाड्ने शाक्यले बताए । टोलीका कप्तान विराज मर्हजनले नेपाली फुटबलमा नयाँ बहार ल्याउन आफुहरु तल्लीन रहेको बताए ।

‘फुटबलमा विरलै देखिने नेपाल र माल्दिभ्सबीचको भिडन्तले हामीलाई थप उत्साहित बनाएको छ’, उनले भने, ‘भारतलाई हराएर नेपाली फुटबलमा नयाँ आयाम थप्न सबै खेलाडी एकढिक्का भएर खेल्नेछौं ।’

निकै तनावपूर्ण र रोचक सेमिफाइनल खेलमा नेपालले अतिरिक्त समयको अन्तिम मिनेटमा निर्णायक गोलगर्दै नेपाल साग स्वर्णको नजिक पुगेको हो ।

सेमिफाइनलमा माल्दिभ्सलाई ४–३ गोलले हराउँदा फुटबलमा देखिने सबै तनाव र रोमान्स नेपाली टोलीले भोगोको थियो ।

गुवाहाटीस्थित इन्दिरा गान्डी स्टल्दिभ्सेडिममा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले बलियो प्रतिद्वन्दी माल्दिभ्सलाई एकसय २० औं मिनेटमा पुगेर हराएपछि भारतका सर्मथकले समेत नेपालले उपाधि जितेर छाड्ने दावी गरेका छन् ।

नेपाल साग फुटबलमा १७ बर्षपछि फाइनलमा पुगेको हो । नेपाले यसअघि सन् १९८४ र १९९३ को साग फुटबलमा स्वर्ण पदक जितेको थियो । भारतले भने सेमिफाइनलमा बंगलादेशलाई ३–० गोलले हराएर नेपालसँग उपाधि भिडन्त पक्का गरेको थियो ।

माल्दिभ्सबिरुद्ध ह्याट्रिक गरेका नवयुग श्रेष्ठले भारतविरुद्ध झनै बेजोड खेलखेल्ने दावी गरे । माल्दिभ्सविरुद्ध नवयुगले नै एकसय २० औं मिनेटमा चमत्कारिक गोल गर्दै नेपाललाई स्वर्ण नजिक पुर्याएका हुन् ।

जारी साग फुटबलमा प्रशिक्षक शाक्यको संयोग र भूमिका पनि छुट्टै रहेको छ । नेपालले सागमा पुरुष फुटबलतर्फ सन् १९९३ मा स्वर्ण पदक जित्दा शाक्य टोलीका कप्तान थिए ।

त्यसपछि सन् १९९९ को साग फुटबलमा नेपालले रजत जित्दा उनी टोलीको सहायक प्रशिक्षक थिए । शाक्यले मुख्य प्रशिक्षकको रुपमा आफुले साग फुटबलको उपाधि दिलाउन पाए नेपाल र आफ्नाका लागि त्यो भन्दा ठूलो उपहार अरु केही नहुने बताएका छन् ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget