नेपालको जीतमा नेपाली सेलिब्रेटी कलाकारहरूले यसरी पोखे खुशी


सेतोपाटी, काठमाडौं, फागुन ३
साल २०७२ मा आएको महाभूकम्प र आफ्नै बलबुत्तामा संविधान जारी गरेपछि बेहोरेको भारतले थोपरेको नाकाबन्दीको पीडालाई जारी सागमा नेपालले फाइनलमा भारतलाई २-१ गोल अन्तरले पराजित गरेपछि यतिबेला सामाजिक संजालभरि नेपालीका खुशीहरू पोखिएका छन्। २३ वर्ष पछि हासिल भएको यस जीतले नेपालीले नाकाबन्दीबाट भोगेको पीडा केहि बिर्साइदिएको अनुभव उनीहरुले साटिरहेका छन्। भारतलाई भारतको भूमिमा यस अवस्थामा नेपालले निकालेको जितले नेपालका सेलिब्रेटीहरुको खुसी पनि उस्तै गरि सामाजिक संजालमा पोखिएको छ। हामीले उनीहरुका फेसबुकमा उनीहरुले कसरी जितको खुशी साटे भनेर हेर्दा उनीहरुको वाल यस्तो देखियो:
रेखा थापा:
'जय नेपाली जय गोर्खाली !!!
यो जित कस्को नेपालको !!!२३ वर्ष पछि नेपाल, साग च्याम्पियन भएको यो खुसी कसलाई बाँढु ! सबैलाई बधाई छ !!!'

केकी अधिकारी: उनले 'भन्या हैन.. आयो गोर्खाली भनेर!! यो जित कस्को??'

प्रियंका कार्की: हाम्रो टिमलाइ धेरै धेरै बधाई
 जय नेपाल

निश्चल बस्नेत: यो जित कस्को ?
well done boys !!!

खगेन्द्र लामिछाने: गर्वले छाति फुलेर ज्याकेट नै नमिल्ला जस्तो पो भाे त । यो जीत कसको ? सबै नेपालीको...
दिपक राज गिरी: बसन्तमा मात्र पालूवा झूल्नै पर्छ भन्ने केहि छैन
नेपालीले मात्र सधै खेलमा हार्नै पर्छ भन्ने केहि छैन.....
जित्नेहरू लेखेर बस्दैनन् चियर्स गरेर खुशि मनाउछन्
त्यसैले it's really wonderful evening

मनोज गजुरेल: अब बुद्दिचाल, बाघचाल र सतरन्जमा पनि जित्नुपर्छ, बधाइ खेलाडी मित्रहरु ।।

सिताराम कट्टेल 'धुर्मुस': बधाई नेपाली राष्ट्रिय फुटबल टोलि इतिहास रचेकोमा ✌✌✌ भारतिय भुमिमा भारत बिरुद्ध नै 2 गोल वर्षाएर करोडौं नेपालीलाई गर्वले छाती फुलाउने अबसर दिएकोमा
करिश्मा मानन्धर: Yess team nepal congratulation
निशा अधिकारी: 23 years!! Another history!!! Congratulations to us all!!! GOLD!!
ऋचा शर्मा: WE WON!!
Bikesh you were awsome!!

Well done boys,we are proud of you!!‪#‎nepalifootball‬

setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget