रौतहटमा संस्थापन र देउवा पक्षबीच झडप
माघ २४, २०७२- रौतहटको चन्द्रनिगाहपुरमा ३ नं क्षेत्रको अधिवेशनसम्बन्धि विवादलाई लिएर कांग्रेसका दुई पक्षबीच झडप भएको छ । संस्थापन पक्ष र देउवा पक्षका कार्यकर्ताबीच कुर्सी हानाहान भएपछि अहिले सुरक्षाकर्मीले स्थिति सम्हाल्ने प्रयास गरिरहेका छन् ।
क्रियाशिल सदस्यता विवादका कारण क्षेत्रिय प्रतिनिधि छनोटमा विवाद भएको थियो । त्यसमा सहमति गर्ने भनेर हिमालय गेस्ट हाउसमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भएका दुवै पक्षका कार्यकर्ताबीच झडप भएको हो । कुर्सी लागी सेख इम्तिहाज सामान्य घाइते भएका छन् ।
संस्थापन पक्षले सहमतिमा ढिला गरेको भन्दै देउवा पक्ष आक्रोशित भएपछि झडप भएको हो । देउवा पक्षका जिल्ला सभापति कृष्णप्रसाद यादवले संस्थापनले ढिला गरेर सहमति नचाहेको बताए ।
संस्थापन पक्षका केन्द्रिय सदस्य आफ्ताब आलमले भने देउवा पक्ष नै सहमतिमा आउन नचाहनेको बताए ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.