१२ औं साग प्रतियोगिता : ८ पदकसहित नेपाल पाँचौं स्थानमा

काठमाडौं, माघ २४ । भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले हालसम्म ३ रजत र ५ कास्यसहित कुल ८ पदक जितेको छ ।
प्रतियोगिताको दोस्रो दिन १ रजत र २ कास्यसहित तीनवटा पदक जितेको नेपालले तेस्रो दिन थप २ रजत र ३ कास्य जितेको हो ।
नेपालका लागि उसुको छानछुवाङबाट विजय सिञ्जाली र सुस्मिता तामाङले रजत जिते । त्यस्तै भारोत्तोलनकी जुनुमाया छन्त्यालले कास्य जितेकी छिन् ।
कुस्तीको पुरुष ६१ केजीमा रामबहादुर यादवले कास्य जिते । त्यस्तै टेनिसको पुरुष टिम स्पर्धामा पनि नेपालले कास्य जितेको छ । नेपाल सेमिफाइनलमा श्रीलंकासँग पराजित भएको हो ।
यसअघि दोस्रो दिन भारोत्तोलनबाट विकास थापाले रजत, भारोत्तोलनमै देवीकुमारी चौधरीले कास्य र कुस्तीमा सरोज यादवले कास्यपदक जितेका हुन् ।
१२ औं सागमा हालसम्म २७ स्वर्णपदकसहित ४२ पदक जितेको भारत शीर्ष स्थानमा छ । ८ स्वर्णसहित श्रीलंका दोस्रो स्थानमा रहँदा समान दुई स्वर्णसहित पाकिस्तान तेस्रो तथा बंगलादेश चौथो स्थानमा छ ।
नेपाल पाँचौं स्थानमा रहँदा एक रजतसहित अफगानिस्तान छैटौं स्थानमा छ । भुटान र माल्दिभ्सले भने पदकको खाता खोल्न सकेका छैनन् ।
imagekhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget