२४ माघ, काठमाडौं ।
बंगबन्धु कप जितेका खेलाडीसँग भलाकुसारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए- “अव नेपाली टिमलाई जित्ने बानी परेको छ, अन्य टिम डराउँछन्” ।
खेलाडीको सम्मानमा प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा ओलीले खेलाडीहरुलाई कसरी जित्ने भन्ने प्रशिक्षण नै दिएका थिए ।
प्रतियोगितामा ह्याट्रिक गरेर सनसनी मचाएका र मष्ट भ्याल्युड प्लेयर अफ द टर्नामेन्ट बनेर फर्किएका नवयुग श्रेष्ठसँग सेल्फी खिच्दै प्रधानमन्त्रीले भनेका थिए, “यस पटक मैदानमा पस्दा सबैको ध्यान हुन्छ । अरुले पनि तपाइँसँग खेल्दा विचार गरेर खेल्छ । नेपाली टिम भनेपछि थाहा भै हाल्छ । नेपाली टिमलाई जित्ने बानी परेको छ भनेर हच्किन्छ ।”
headlines
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.