उडिरहेको विमानमा विस्फोट, संदिग्ध आत्मघाती हमलाकारी विमानबाटै हामफाले

सोमालिया, माघ २० । सोमालियामा उडिरहेको एउटा विमानमा विस्फोट भएको छ । विस्फोटमा संलग्न संदिग्ध हमलाकारी भने विमानबाटै हामफालेको अधिकारीहरुले जनाएका छन् ।
समाचार एजेन्सीहरुका अनुसार सोमालियाको राजधानी मोगादिसुबाट अफ्रिकाको जिबोटीका लागि उडान भरेको डाल्लो एअरलाइन्सको विमानमा विस्फोट भएको हो ।
अधिकारीहरुका अनुसार उडान भरेको पाँच मिनेटमै विस्फोट भएको थियो । विस्फोटबाट तीन फिट चौडा र ६ फिट लम्बाईको भ्वाङ परेको छ ।
विस्फोटपछि सो विमानलाई आपतकालिन अवतरण गराइएको छ । विमानका पाइलट भ्लादिमिर भोडोपिभेकले भने, ‘मलाई लाग्छ, विमानमा बम नै विस्फोट गराइएको थियो, भाग्यवस विमान नियन्त्रण उपकरणमा कुनै क्षति भएको थिएन, त्यसैले मैले विमानलाई सुरक्षित अवतरण गराउन सकेँ ।’
६४ वर्षीय ती पाइलटले भने, ‘मेरो उडान जीवनमै यस्तो घटना कहिल्यै झेलेको थिइनँ ।’
मोहमद हसन नाम गरेका प्रहरी अधिकारीका अनुसार स्थानीयले एउटा शव फेला पारेका छन् । उक्त शव सोही विमानबाट हामफालेका संदिग्ध हमलाकारीको भएको आशंका गरिएको छ ।
विस्फोटबाट विमानमा रहेका अन्य दुई यात्री घाइते भएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget