update: रुपैडियामा तनाव, दशगजाबाट प्रहरीमाथि पेट्रोल बम प्रहार

मंसिर १६, २०७२- नेपालगन्जको रुपैडिया नाकामा बुधबार पनि तनाव भएको छ ।

भारतीय भूभागबाट प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएपछि स्थिति तनावपूर्ण भएको हो । भारतबाट आएको मोटरसाइकललाई प्रदर्शनकारीले लडाएपछि उठाउन पुगेका प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएको थियो ।

प्रहरीले पनि प्रदर्शनकारीमाथि ढुंगा हानेर खेदेको छ । झडपमा केही प्रदर्शनकारी र प्रहरी सामान्य घाइते भएका छन् ।

स्थिति तनावपूर्ण भएपछि भारतीय सिमा सुरक्षाबल दशगजामा तैनाथ भएपछि प्रदर्शनकारी केही तितरवितर भएका छन् ।

नेपाल–भारत सिमा सुरक्षाबारे दुवै देशका अधिकारीको बैठक सकिएलगत्तै तनाव भएको हो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget