तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुरले ‘नाकाबन्दी’ मधेसी मोर्चा र भारत दुबैले नगरेको दाबी गर्नुभयो । उहाँले मधेस आन्दोलनका कराण आपूर्ति व्यवस्था सहज हुन नसकेको मात्रै बताउनुभयो ।
‘हामीले ‘नाकाबन्दी’ भनेका छैनौँ’, अध्यक्ष ठाकरले आफ्नो अन्तर्वार्तामा पटक पटक दोहर्याउँदै भन्नुभयो, ‘हामीले त असहोग आन्दोलन मात्रै गरेको हो ।’ अध्यक्ष ठाकुरले ‘नाकाबन्दी’ शब्दबाट आफूलाई यूटर्न गराएकोमा सबैले चकित भएर लिएका छन् ।
स्रोतका अनुसार भारतमा नेपालमा भएको ‘नाकाबन्दी’ र आपूर्ति व्यवस्थालाई लिएर विभिन्न दलका नेताहरूले कडा आलोचना गरेपछि मधेसी मोर्चाले आफ्नो बचाउ गर्न ‘नाकाबन्दी’ नगरेको छ । ‘नाकाबन्दी’ले समस्याको समाधान नगर्ने भन्दै आलोचना भएपछि मधेसी मोर्चाका नेताहरूले भारत र आफूहरूले ‘नाकाबन्दी’ नगरेको बताएका हुन् ।
यद्यपि, मधेसी मोर्चाका नेताहरू उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवले सार्वजनिक कार्यक्रम र पत्रकार सम्मेलनहरूमा ‘नाकाबन्दी’ भारतले भनई आफूहरूले लगाएको दाबी गर्दै आएका थिए । नाकाबन्दी लगाएको स्वीकार गर्नेमा अध्यक्ष ठाकुर स्वयं पनि हुनुहुन्छ ।
अहिले आएर अध्यक्ष ठाकुरले एकाएक किन ‘नाकाबन्दी’ शब्दको बिरोध गर्नु थाल्नु भएको छ ? रहस्यको विषय भएको छ । उहाँले यसरी ‘नाकाबन्दी’ शब्दको बिरोध गर्नुलाई भारतीय नेताहरूले दबाव दिएर नाकाबन्दी नगर्न भनेको हुनुपर्ने जानकारहरूको भनाइ छ ।
/dainiknepal
Post a Comment