काठमाडौं, १६ मंसिर । सामाजिक सञ्जाल फेसबुकका संस्थापक एवं मालिक मार्क जुकरबर्गले आफूले छोरी पाएको घोषणा गरेका छन्, छोरीको नाम म्याक्स राखिएको छ ।
यसका साथै जुकरबर्गले अर्काे घोषणा पनि गरेका छन्- ‘म आफ्नो धनसम्पत्ति आफ्नो जिन्दगीबाटै दान गर्नेछु किनकि मेरी छोरीका लागि विश्वमा एउटा ठूलो ठाउँ बनाउन सकू ।’
आफ्नो फेसबुक पेजमा जुकरबर्गले लेखेका छन्– म र मेरी पत्नी प्रिसिला आफ्नो जीवनकालमै कम्पनीमा आफ्नो हिस्साको ९९ सम्पत्ति दान गर्नेछौं । हिसाब किताब गर्दा यो रकम ४५ अरब डलर हुनेछ ।
यस्तो गर्दा सबै बालबालिकाका लागि विश्वलाई योग्य बनाउनमा आफ्नो तर्फबाट थोरै योगदान हुने मार्कको विश्वास छ । यो घोषणासँगै उनले आफ्नी छोरीका लागि एउटा चिठ्ठी समेत लखेका छन् । मार्कको यो पूण्य कर्मलाई लिएर विश्वका स्टार सेलिब्रेटीदेखि लिएर राजनीज्ञहरुले प्रशंसा गरेका छन् । जुकरबर्गले चाँडै दान गर्ने सम्पत्ति सार्वजनिक गर्दैछन् ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget