लोकमानसिंहको ‘सिकार गर्न’ अर्को पासो थाप्दै एमाले

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको ‘सिकार गर्न’ नेकपा एमाले सत्ताले नयाँ चाल चालेको छ । कार्कीको नियुक्तिविरुद्द सुरुमै उत्रिएका एमाले सम्बद्ध शक्तिले संसदीय समितिमा बोलाएर कार्कीको मानमर्दन एवं तेजोबध गर्ने, संसद्मा महाअभियोगको प्रस्ताव ल्याउने र नयाँ संविधानमा पनर्नियुक्तिको प्रावधान राख्नेलगायत अनेक प्रयत्न गरेको थियो । त्यसबाहेक न्यायाधीशलाई प्रभावमा पारेर नियुक्ति नदिने स्टे अर्डर गराउने र राष्ट्रपतिद्वारा सपथ नखुवाइने सम्मका प्रयास पनि भएका थिए । नयाँ संविधानमा लोकमानसिंह कार्कीलाई हेरेर अख्तियारको अधिकार र कार्यक्षेत्र साँघुरो बनाउने तथा संसदीय समितिको अंकुशमा राख्ने प्रावधान राखिएको छ । त्यतिले नपुगेर एमालेसंवद्द एक वकिललाई पुनरावलोकन निम्ति आवेदन दिन लगाउने कार्यमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ तथा एमालेसंबद्ध वकिलहरु शम्भु थापा, अग्नी खरेल, हरिकृष्ण कार्की र टीकाराम भट्टराईको विशेष तत्परता रहेको बुझिएको छ ।

स्मरणीय छ, अभिवक्ता शम्भु थापाले लोकमानको नियुक्तिविरुद्द एकप्रकारले अभियान नै चलाएका थिए । केशव बराललाई प्रमुख आयुक्त बनाउने पक्षमा रहेको एमाले लोकमानसिंह कार्कीको नियुक्ति रोक्न भरमग्दुर प्रयत्न गरेको थियो । सर्वोच्च अदालतमा कार्कीको नियुक्तिविरुद्द एक निवेदन पारेपछि न्यायाधीश सुशीलका कार्कीको एकल इजलासले नियुक्ति नदिन स्टे अर्डर गरेको थियो । आजको घटना र विचार साप्ताहिकले खबर लेखेको छ ।लोकमानसिंह कार्कीलाई घेराबन्दी गर्न सात आयुक्तको ठूलो झुन्ड बनाउनेहरु अहिले कार्कीलाई हटाउन अदालतको सहयोग लिन खोज्दै छन् । निवेदक ओमप्रकाशको निवेदन दर्ता भए पनि पुनरावलोकन गर्ने–नगर्ने कुराको आदेश सर्वोच्च अदालतबाट भइसकेको छैन । तर, एमालेसंबद्ध वकिल तथा अन्य नेताहरु भने अदालतबाट पुनरावलोकनको पक्षमा आदेश हुन्छ भन्नेमा विश्वस्त छन् । पुनरावलोकन भएमा लोकमानसिंहलाई सिकार गर्न सकिने उनीहरुको ठहर छ ।
ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget