चीनलाई भारतले पठायो गोप्य पत्र, उता पनि नाकाबन्दी

२१ मंसिर, काठमाडौं । भारतले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रष्ट पार्दै चीनलाई जानकारी पत्र पठाएको छ । भारतको विदेश मन्त्रालयले नेपालमा जारी आन्दोलन, भारतको भुमिका लगायतका विषयमा प्रष्ट पारिएको बताइएको छ ।
भारतले चीनबाट नेपालले आपुर्ति बढाउन खोजदा असन्तुष्टि जनाउँदै आएको थियो ।
भारतले जारी मधेस आन्दोलनकार कारण नेपाल तर्फबाटै नाकामा अबरोध भएको र यसमा भारतको कुनै भुमिका नरहेको भन्दै चीनलाई आश्वस्त पार्न खोजेको छ ।
भारतले पत्रमा नेपालमा आफुले नाकाबन्दी नगरेको प्रष्ट पार्दै नेपाल भारतका बीचमा सदियौं लामो सम्बन्धलाई अझै प्रगाढ बनाउने बेलामा आफुहरुले यस्तो काम गर्न नसक्ने बताएको छ ।
नेपाल मामलामा चीनले भारतको धारणा बुझ्न खोजेका बेला भारतले चिनियाँ विदेश मन्त्रालयलाई जानकारी पठाएको बताइएको छ ।.npkhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget