अमेरिकाले दियो नेपालीलाई यस्तो मौका, डिभीमा पनि नेपालीलाई नै प्राथमिकता

आइतबार, १२ पुष
अमेरिका । आर्थिक वर्ष सन् २०१५ को लागि डिभी लोटरी जितेर अमेरिका आउनेमा नेपालीहरु विश्वमा नै दोश्रो नम्बरमा परेका छन् । नेपाललाई इजिप्टले उछिनेको छ । तर आर्थिक वर्ष २०१५ मा नै डिभी लोटरी विजेता बाँकी १६२१ जना नेपालीहरुले अमेरिकाको भिसा नपाएको अमेरिकी सरकारले पुष्टी गरेको छ ।
गतवर्ष खसोखास साप्ताहिकले प्रकाशित गरेको रिपोर्टमा सन् २०१५ का लागि डिभी लोटरी जितेका १४ सय भन्दा धेरै नेपालीहरु अमेरिका आउन नपाउने अनुमान गरिएको थियो । हरेक वर्ष डिभीका लागि तोकिएको भिसा नम्बरका आधारमा र अमेरिकी सरकारका विभिन्न निकायहरुबाट प्राप्त तथ्यांकका आधारमा खसोखासले त्यस्तो अनुमान गरेको थियो ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार सन् २०१५ को लागि डिभी लोटरी जितेका ४९९१ जना नेपालीहरुमध्ये ३३७० जना नेपालीहरुलेमात्र अमेरिका आउनका लागि भिसा पाएका छन् । सन् २०१५ का लागि ५ लाख ४५ हजार ८ सय २५ जना नेपालीहरुले डिभी लोटरी भरेका थिए । उनीहरुका अन्य ३ लाख ४७ हजार १ सय ३६ जनाको विवरण डिभी लोटरी आवेदनमा उल्लेख गरिएको थियो ।
उनीहरुलाई सन् २०१४ को अक्टोबरदेखि सन् २०१५ को सेप्टेम्बरसम्म भिसा उपलब्ध गराइएको हो । आर्थिक वर्ष २०१५ गत सेप्टेम्बरमा समाप्त भई नयाँ आर्थिक वषृ चलिरहेको छ । आर्थिक वर्ष २०१५ मा विश्वका मुलुकहरुमध्येबाट सबैभन्दा धेरै इजिप्टका ३४५६ जना डिभी लोटरी विजेताहरुले भिसा पाएका थिए । त्यसपछि विश्वका विभिन्न मुलुकमध्येमा आर्थिक वर्ष २०१५ मा अमेरिकाको भिसा पाउने डिभी लोटरी विजेता नेपालीहरु दोश्रो नम्बरमा परे । आर्थिक वर्ष २०१५ मा विश्वभरका ४९ हजार ३ सय ७७ जनाले अमेरिकाको भिसा पाएको अमेरिकी सरकारको विदेश मन्त्रालयले जनाएको छ ।
सन् २०१५ को अक्टोबरदेखि आर्थिक वर्ष २०१६ सुरु भएसँगै अमेरिकाले सन् २०१६ का लागि डिभी लोटरी जितेकाहरुको भिसा प्रकृया संचालन गरिरहेको छ । सन् २०१६ का लागि ३८३१ जना नेपालीहरुले डिभी लोटरी जितेका छन् । तर एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने भएकाले आर्थिक वर्ष २०१६ (सन् २०१५ को अक्टोबरदेखि सन् २०१६ को सेप्टेम्बरसम्म) ३ सय भन्दा धेरै डिभी लोटरी विजेता नेपालीहरुले भिसा नपाउने निश्चितप्राय छ ।
आर्थिक वर्ष २०१६ का लागि डिभी लोटरी विजेताहरुको भिसा प्रकृया चलिरहदा अमेरिकी सरकारले एसियाका अन्य देशका तुलनामा नेपाललाई अलग्गै भिसा नम्बरमा सिमित गरिरहेको छ । सन् २०१६ को जनवरीका लागि एसियाका अन्य देशका ४५०० सम्म केस नम्बर हुने डिभी लोटरी विजेताहरुले भिसा प्रकृया सुरु गर्न पाउने भएपनि नेपालीहरुका लागि केस नम्बर ३७ सयमा सिमित गरिएको थियो । डिसेम्बर महिनाका लागि एसियाका अन्य देशका लागि ४१५० सम्म केस नम्बर हुने डिभी लोटरी विजेताहरुले भिसा प्रकृया सुरु गर्न पाउने भएपनि नेपालका लागि केस नम्बर २९२५ मा सिमित गरिएको थियो । यसरी छुट्टै केस नम्बरको सिमितता तोकिएको एसियाकै मुलुकमा नेपाललाई मात्र हो भने विश्वमा इथोपिया र नेपाललाई हो ।
कतिलाई परेको थियो डिभी लोटरी
इतिहास हेर्दा सन् २००१ लागि भरिएको डिभी चिठ्ठामा जम्मा २४ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो । सन् २००२ का लागि भरिएको डिभी चिठ्ठामा ७२९ जनालाई, सन् २००३ का लागि भरिएको डिभी चिठ्ठामा २३ सय २० जनालाई , सन् २००४ लागि भरिएको डिभी चिठ्ठामा ४२ सय ५९ जनालाई चिठ्ठा परेको थियो । सन् २००५ मा डिभी चिठ्ठा परेका जम्मा १५ सय ४५ नेपाली अमेरिका आएका थिए ।
त्यसैगरी सन् २००६ का लागि भरिएको डिभी चिठ्ठामा १९ सय ३४ जनालाई , सन् २००७ का लागि भरिएको डिभी चिठ्ठामा १५ सय २९ जनालाई, सन् २००८ का लागि भरिएको डिभी चिठ्ठामा २५ सय ६२ जनालाई, सन् २००९ का लागि भरिएको डिभी चिठ्ठामा १८९१ जनालाई , सन् २०१० का लागि भरिएको डिभी चिठ्ठामा २१ सय ३२ जनालाई र सन् २०११ का लागि भरिएको डिभी चिठ्ठामा २१८९ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो । सन् २०१२ का लागि भरिएको डिभी चिठ्ठाको नतिजा अन्तरगत जम्मा ३२ सय ५८ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो ।
त्यस्तै सन् २०१३ का लागि भरिएको डिभी चिठ्ठामा ४३७० नेपालीलाई यो चिठ्ठा परेको थियो भने सन् २०१४ का लागि भरिएको डिभी चिठ्ठामा ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१५ का लागि भरिएको डिभी चिठ्ठामा ४ हजार ९ सय ९१ जना छनौट भएका थिए । तर उनीहरुमध्ये हजारौं नेपालीहरु भने अमेरिका आउन पाएनन् । सन् २०१६ का लागि भरिएको डिभी चिठ्ठामा ३८ सय १ जना नेपाली छनौट भएका छन् । उनीहरुमध्ये पनि कैयन अमेरिका आउन नपाउने निश्चित छ ।
आर्थिक वर्ष २०१७ का लागि गत अक्टोबर १ देखि नोभेम्बर ३ सम्म कैयनले डिभी लोटरी भरेका छन् । त्यसको परिणाम सन् २०१६ को मे ३ मा सार्वजनिक हुनेछ । (अमेरिकाबाट प्रकाशीत खसोखास बाट साभार )

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget