चार माओवादी एक हुने प्रकाण्डको दावी, फेरि ०५२ साल फर्काउने चेतावनी

धनगढी–२०५२ साल फेरि फर्किने नेकपा माओवादीका स्थायी समिति सदस्य एव्म पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)ले चेतावनी दिएका छन् ।

शनिवार कैलालीको लम्कीमा ‘१२१ औं माओ जयन्ती’को अवसरमा भएको सभालाई सम्बोधन गर्दै पार्टी प्रवत्ता (प्रकाण्ड)ले धैर्यताको बाँध टुटिसकेको दावी गर्दै उनले भने–‘केही दिन भित्रै २०५२ साल फर्किन्छ ।’

२०५२ सालमा पार्टीले उठाएका मागलाई अहिले सम्म पनि सम्बोधन नभएको भन्दै नेकपा माओवादीका स्थायी समिति (प्रकाण्ड)ले फेरी एक पटक २०५२ सालमा फर्किनु पर्ने अवस्था सिर्जना भएको बताए ।
अब यो अन्तिम पटकको आन्दोलन हो, (प्रकाण्ड)ले भने, –‘१४ हजार सहिदको सपना पुरा गछौं ।’
एमाओवादी फुटेर चार टुक्र भएपनि चाँडै सबै माओवादी एक हुने उनले दावी गरे ।
हामीपुरा चार टुक्र भएपनि केही दिनमा सबै एक हु“दैछौं, पुर्व मन्त्री समेत रहेका विश्वकर्मा (प्रकाण्ड)ले–‘भ्रष्टचारी, दलाली र कालोबजारी गर्ने संग एकता हुँदैछन ।’
प्रचण्ड प्रति लक्षित गर्दै विश्वकर्मा (प्रकाण्ड)ले भारतीय दलालसंग एकताको सम्भावना नरहेको बताए ।

पुर्व मन्त्री समेत रहेका विश्वकर्मा (प्रकाण्ड)’ ले एमाओवादी अध्यक्ष प्रचण्डका कारण पार्टीको सपना चक्नाचुर भएको बतँए । ‘प्रचण्ड’ बाँदरको पुच्छर जस्तै हुन, उनले भने–‘जति सम्झाएपनि केही लाग्दैन ।’ प्रचण्डले १४ हजार नेपाली सहिदले गरेको बलिदानी बर्सिएकाले पार्टीको सपना पुरा नभएको उनले बताए ।

अहिलेको सरकारमा भ्रष्टचारी, दलाली र कालोबजारी गर्नेमात्र रहेकाले नेपाली जनताले दुःख भोग्नुपरेको बताए । भारतले नाका बन्दी गर्दा समेत सरकारमा बसेका उसैको दलाल गर्छन, विश्वकर्मा (प्रकाण्ड)ले भने ।
नेपाली जनतालाई भ्रम छर्नको लागि बाबुराम भट्टराई नयाँ शक्ति गठनमा लागेको बताए । उनले बाबुराम भट्टराईको नयाँ शक्तिलाई नयाँ बोतलमा पुरानो मदिरा भएको बताए ।tajatajanews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget