भारतका गृहमन्त्रीले भने, ‘नेपालले चीनलाई आफूतिर तान्न खोज्यो’

नयाँदिल्ली, १९ मंसिर– भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल र भारतको सम्बन्धमा प्रभाव पार्ने गरी चीनलाई तान्न खोजिएको उल्लेख गर्दै आफ्नो देशको ध्यानाकर्षण भएको बताएका छन् ।
फोरम नेता अभिषेकप्रताप साहसँगको भेटमा गृहमन्त्रीले जनस्तरमा रहेको सम्बन्धलाई प्रभावित पार्न खोजिएकोमा असन्तुष्टिसमेत जनाएका छन् । ‘नेपालमा गहिरिँदो समस्याले भारतको सुरक्षा चासो पनि थपिएको छ । हामी चिन्तित छौँ । नेपालमा चीनको गतिविधि बढाउन खोजिएको छ र चीनलाई नेपाल–भारत जनस्तरको सम्बन्ध प्रभावित पार्न तान्न खोजिएको छ ।
७० लाख नेपाली भारतमा बस्छन्, उनीहरूले भारतीय जनतासँगको सम्बन्धमा समेत खलबल गराउने कोसिस भएको छ । यो राम्रो होइन,’ गृहमन्त्रीको भनाइ उद्धृत गर्दै साहले भने । –नयाँ पत्रिकाबाट
kathmandutoday

Post a Comment

Kutta tansanga matrai lampasar parnuparne hamile?

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget