काठमाडौं, २० मंसिर । अघिल्लो साता धार्मिक
गुरु रविशंकरलाई भेट गर्न बेंग्लोर पुगेका
परराष्ट्रमन्त्री कमल थापासँग उद्योगपति बिनोद
चौधरी पनि साथैमा थिए ।
दिल्ली केन्द्रमा भाजपा सरकार निकटस्थ मानिने
उद्योगपति चौधरीले भेटवार्ताहरुमा गरेको
‘सहजीकरणका बारेमा उनी स्वयम् केही बताउन
चाहँदैनन् ।
तर, भेटवार्तामा अघिपछि रहेका कुटनीतिक
अधिकारीहरु भने चौधरीको पहुँच र प्रभावबारे
सन्दर्भ झिकिरहेका हुन्छन् । कान्तिपुर दैनिकले
समाचार छापेको छ
नेपाल मामलालाई लिएर दिल्लीमा देखिनेभन्दा
नदेखिने परिचर्चा र पहुँच कायमैं रहेको एक
कुटनीतिक अधिकारीले बताए ।
‘कांग्रेस नेता डा।करण सिंहले भारतीय संसदमा
नेपाल–नेपालीको सरोकारमा आवाज उठाउनुमा
उहाँको ससुराली साइनोले मात्रै होइन, यो
साता पनि डा सिंहले काठमाडौंमा थुप्रै नेपाली
नेता, कुटनीतिज्ञलाई फोन गरेर स्थितिको
गम्भीरता सम्झाउनुभएको छ,’ डा सिंहका एक
निकटस्थले भने ।
भारतीय संसदमा नेपाल मामलामा ध्यानाकर्षण
गराउनेमध्ये सीताराम येचुरी, डीपी त्रिपाठी,
केसी त्यागी, शरद यादवले बनाइरहेको संवाद र
बहसको ‘सकारात्मक माहोल’ पनि सबैले देख्ने गरी
बाहिर आइसकेको छ ।
Post a Comment