फोरम कार्यकर्ता अध्यक्ष यादवलसँग रुष्ट

इटहरी: संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अनिश्चितकालीन बन्दले तराईका २२ जिल्लाको जनजीवन कष्टकर बनेको भन्दै संघीय समाजवादीका कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवलगायत पार्टी नेतृत्वलाई तराईको समस्याको समाधान राजनीतिक रूपमा गर्न सुझाव दिएका छन् ।

मोर्चाको आन्दोलनका कारण पार्टीभित्रकै कार्यकर्तामा विचलन हुने परिस्थिति उत्पन्न भएको भन्दै समाजवादीका कार्यकर्ताले तराईको आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरी सरकारसँग सकारात्मक वार्ता गरेर समस्या समाधान गर्न सुझाव दिए ।


अन्नपूर्ण पोस्ट्सँग कुरा गर्दै सुनसरी, धनकुटा र भोजपुरका समाजवादीका जिल्ला अध्यक्ष तथा पदाधिकारीले भारतपरस्त राजेन्द्र महतोसँगको आन्दोलनको सहकार्य तोड्न पनि पार्टी अध्यक्ष यादवलदाई सुझाव दिएका छन् ।

संघीय समाजवादी पार्टी सुनसरीका अध्यक्ष भगीरथ खत्वेले नेपालको तराईमा देखिएको वर्तमान समस्या आन्तरिक भएकाले राजनीतिक रूपमै समाधान गर्दा उत्तम हुने बताए ।

‘हामी नेपालमा बस्ने सबै नेपाली हौं’, खत्वेले भने, ‘त्यसैले भारतको इसारामा तराईमा आन्दोलन गरिराख्नुपर्ने जरुरी छैन ।’ उनले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई आँच पुर्‍याउने खालका आन्दोलन गरेर मधेसी, मुस्लिम, जनजाति र सबै वर्गको हकअधिकार सुनिश्चित गराउन पहल गर्र्न पनि यादवलाई सुझाव दिए ।

फोरम नेपालका सुनसरी उपाध्यक्ष पारस काङ्माङ राईले भारतपरस्त राजेन्द्र महतोको पार्टीसँग आन्दोलनको सहकार्य भंग गर्न यादवलाई सुझाव दिए ।

‘तराई–मधेस, पहाड र हिमालमा देखिएको समस्या राजनीतिक संवाद र सहमतिका आधारमा समाधान गरी आन्दोलनको नेतृत्व लिएर अगाडि बढ्नुपर्छ’। उनले भने ।

मधेसी मोर्चाको आन्दोलनका कारण पहाडका जनतालाई समेत असर परेको भन्दै सीमा र राजमार्ग अवरुद्ध गरेर समस्या समाधान नहुने राईको भनाइ छ ।
संघीय समाजवादी धनकुटाका अध्यक्ष बलबहादुर राईले पनि आफ्नो पार्टीसहितको मोर्चाले तराईका २२ जिल्ला अनिश्चितकालीन बन्द र सीमानाकामा धर्ना दिएपछि धनकुटाका जनतालाई प्रत्यक्ष असर गरेको बताए । उनले मधेस आन्दोलनले तराई–पहाडको सम्बन्धमा आँच आउने भएकाले तत्काल आन्दोलनको निकास खोज्न यादवलाई सुझाव दिए ।

उनले तराई आन्दोलनका नाममा मोर्चाका केही व्यक्तिले देश विखण्डन गर्ने र राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिनु गलत काम भएको भन्दै सरकारसँग निर्णायक वार्ता गरी समस्या हल गर्न पार्टी नेतृत्वसमक्ष आग्रह गरे । उनले मधेसी मोर्चाका जायज माग सम्बोधन गर्न सरकार पनि गम्भीर हुनुपर्ने बताए ।

संघीय समाजवादी पार्टी भोजपुरका अध्यक्ष आसकुमार राईले राष्ट्रिय एकताका लागि सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्ने बताए । उनले मधेसी मोर्चाको आन्दोलनको जनस्तरबाट आलोचना भएको भन्दै सुधार गरी अधिकार प्राप्तिको आन्दोलन सफल पार्न जोड दिनुपर्ने बताए ।

उनले पनि देशको आन्तरिक समस्या देशभित्रैबाट समाधान गर्नु उत्तम विकल्प भएकाले अधिकार दिन सरकार तयार भए आन्दोलन छाडेर वार्तामा बस्नुपर्ने सुझाव दिए । उनले शुक्रबार मोर्चाका नेताहरू सरकारसँग वार्तामा नबसेर भारतीय दूतावासमा गएकोमा आपत्ति जनाए ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget