काठमाडौं, २१ मंसिर । मधेसवादी दलका नेताहरु भारत भ्रमणमा गएका बेला दिल्लीको एक पत्रिकाले नेपालका मधेसीको अधिकार खोस्न उत्तरी छिमेकी चीन र सत्तारुढ दल एमाओवादीको हात रहेको दाबी गरेको छ ।
दिल्लीको सहारा राष्ट्रिय दैनिकले सोमबार प्रकाशित गरेको समाचारमा नेपालमा मधेसीहरुले चलाइरहेको आन्दोलनको विरोधमा माओवादीहरु उत्रिएको उल्लेख गरेको छ । साथै भारतीय राजदूत रञ्जित रेमाथि प्रहार भइरहेको र चीनले पहाडी र मैदानी क्षेत्रका नेपालीमाथि वैमाश्यता बढाउने काम गरिरहेको लेखेको छ ।
भारतीय पत्रिका सहाराले भनेको छ- ‘यहाँसम्म कि नेपालमा माओवादीले मधेसी आन्दोलनको विरोधमा आन्दोलन सुरु गरेको छ ।’ उसले अधिकारको आन्दोलनलाई सरकारले दमन गरेको दाबी समेत गरेको छ ।
तर, एमाओवादी र कांग्रेसका कार्यकर्ताले नै मधेस आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । जून पत्रिकामा देखिएको समाचारमा गलत दाबी गरिएको छ ।
dainiknepal
Post a Comment