भारतीय विदेशमन्त्री स्वराजले भनिन्- नेपालले चाँडो समस्या समाधान गर्छु भनेको छ

काठमाडौं, १७ मंसिर । भारतीय विदेशमन्त्री सुक्ष्मा स्वराजले नेपालको समस्या चाँडो समाधान हुने बताएकी छिन् ।
दिल्लीस्थित भारतीय राज्यसभामा लिखित मन्तव्य पढ्दै स्वराजले नेपालका उपप्रधान तथा परराष्ट्र कमल थापाले भेटवार्ताका क्रममा नेपालले चाँडो समस्या समाधान गर्ने बताएको उल्लेख गरिन् । आफ्नो लिखित मन्तव्यमा उनले भनेकी छिन्– ‘नेपालका परराष्ट्रमन्त्री थापाले आन्दोलनरत दलहरुसँग विवादित मुद्धामा वार्ताका क्रममा प्रगति भएको बताउनु भएको छ । नेपालको राजनीतिक समस्या सामाधानका चाँडो हुन्छ भन्नभएको छ । हामी आशावादी छौं छिट्टै समाधान हुनेछ ।’
यस्तै, नेपालमा संसदको सर्वदलीय डेलीगेसन पठाउने पनि प्रस्ताव पनि स्वराजले आफ्नो मन्तव्यमार्फत गरेकी छिन् । उनले भारतको नेपाल नीति जायज भएको दाबी गर्दै अमेरिका, बेलायत र युएनले समेत नेपालमा समावेसी संविधान निर्माणमा जोड दिएको बताइन् । परराष्ट्र मन्त्री थापाले बुधबार मात्रै भारतीय समकक्षी स्वराजसँग भेटवार्ता गरेका थिए ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget