आइएसले दियो भारतमा आतंकवादी आक्रमण गर्ने धम्की, मोदी मुस्लिम बिरोधि भएको आरोप

आइएसले दियो भारतमा आतंकवादी आक्रमण गर्ने धम्की, मोदी मुस्लिम बिरोधि भएको आरोप
काठमाडौं । केही हप्ता अघिमात्र फ्रान्सको राजधानी पेरिसमा आक्रमण गरेको धार्मिक अतिवादी संगठन आइएसले भारतमा पनि आतंकवादी आक्रमण गर्ने धम्की दिएको छ ।
आइएसले हिन्दूअतिवादीका रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चित्रित गर्दै आक्रमणको धम्की दिएको हो । उसले मोदीले मुस्लिमहरुलाई नराम्रो व्यवहार गरेको र उनीहरुसँग युद्धको समेत तयारी गरेको आरोप लगाएको छ ।
अमेरिका लगायतक पश्चिमा जगतले आफूमाथी आक्रमण गरेको प्रति पनि कडा जवाफ दिने बताएको आइएसले आफ्नो पुस्तक ‘फ्युचर इस्लामिक स्टेट व्याटल्स’ मा भारत लगायतका एसियाका पाकिस्तान, बंगलादेश, अफगानिस्तानमा समेत हमला गर्ने उल्लेख गरेको छ ।
इन्डियन एक्सप्रेसका अनुसार आइएसले मुस्लिम राष्ट्रहरुमा भने किन हमला गर्ने भन्ने बारे भने केहि उल्लेख गरेको छैन ।  आइयसले आफ्नो अनलाइन मार्फत समेत भारतको आलोचना गरेको छ ।
उसले मोदी अतिहिन्दुबादी सोचबाट अघिबढेको भन्दै आफूहरु चुप लागेर नवस्ने जनाएको हो । भारतमा मुस्लिमलाई गर्ने व्यवहारमा समेत मोदी सरकार गलत रहेको आइएसको भनाई छ । नेपाल सन्देश बाट ।
purbelinews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget