महतोलाई थप उपचारका लागि धरान लगियो

विराटनगरको रानी भन्सार नाकामा भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई थप उपचारका लागि धरान लगिएको छ ।

विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका महतोको स्वास्थ्यमा समस्या देखिएपछि गएराति नै थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।

शनिवार साँझ विराटनगरको सीमा नाका रानी भन्सारमा धर्ना बस्न गएका अध्यक्ष महतोसहित १० जना कार्यकर्ता प्रहरीको लाठी प्रहारबाट घाइते भएका थिए ।  सीमा नाकामा अवरोध गर्न बसेका महतोलाई प्रहरीले हटाउने क्रममा जबरजस्ती गरेपछि हस्तक्षेप गर्दा महतो घाइते भएका थिए । महतोको टाउको र खुट्टामा चोट लागेको छ।

यसैवजीच सद्भावना पार्टीले महतोसहित कार्यकर्तामाथि प्रहरीले गरेको कुटपिटको घटनाबारे सरकारले माफी नमागेसम्म मधेसी मोर्चा बार्तामा बसे पनि आफूहरु नबस्ने बताएको छ ।setopat
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget