साढे चार लाख सिलिन्डर ग्याँसको अत्तो पत्तो छैन !

काठमाडौं । आधा सिलिन्डर ग्याँसका लागि महिनौं पालो कुर्दा पनि नपाएका सर्वसाधारण दिनहुँ ग्याँसका बुलेट भित्रिएको समाचार सुनेरै चित्त बुझाउन बाध्य छन् । अघोािषत नाकाबन्दीका कारण सामान्य अवस्थामा जस्तै ग्याँस आउन नसके पनि १२ दिनमा मात्रै १ सय ७७ बुलेट ग्याँस भित्रिए पनि ती ग्याँस कहाँ गए र कसले ग्याँस पायो भन्नेबारे उपभोक्ता अन्योलमा छन् ।

गत १ पुसयता भारतबाट ४ लाख ४२ हजार ५ सय सिलिन्डर पुग्ने १ सय ७७ बुलेट ग्याँस नेपाल भित्रिएका छन् । सो अवधिमा भित्रिएको ग्याँसमध्ये ५० प्रतिशत ग्याँस उपत्यकामा मात्रै आएको छ । तर, उपत्यकावासी भने ग्याँस नपाएर निकै सास्ती खेपिरहेका छन् । यस अवधिमा भित्रिएको ग्याँस ७ दशमलव १ केजीका दरले वितरण गर्दा ४ लाख ४२ हजार ५ सय उपभोक्तालाई पुग्छ । तर, अधिकांश उपभोक्ताले अझै पनि ग्याँस पाउन सकेका छैनन् । ग्याँसको आपूर्ति बढ्दै गए पनि उपभोक्ताले भने अझै पाउन सकिरहेका छैनन् । सुरक्षा निकायका उच्च अधिकारीले आवश्यकताभन्दा बढी ग्याँस राखेका कारण पनि सर्वसाधारणले पाउन नसकेको राजधानी दैनिकमा खबर छ ।

वितरण प्रणाली व्यवस्थित र पारदर्शी नहुँदा मुलुकमा भित्रिएको ग्याँस उपभोक्ताले पाउन नसकेको दाबी गर्छन्, राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना । ‘सोर्सफोर्सका आधारमा पहुँचवालाको घरमा ग्याँस जाने गरेका छन्,’ उनी भन्छन्, ‘उद्योगले व्यापारिक प्रयोजनका लागि होटेल, रेस्टुरेन्टलाई धेरै ग्याँस दिँदा उपभोक्ताले पाउन सकेका छैनन् ।’ पुस महिनादेखि रक्सौलबाहेक अन्य नाका नियमित रूपमा सहज भएसँगै ग्याँसको आयात बढ्दै गएको नेपाल आयल निगमको तथ्यांकले देखाउँछ । ग्याँस आउने क्रम बढेको भए पनि उद्योगीले बढी मूल्य लिई होटल रेस्टुरेन्टलाई वितरण गरेकै कारण आम उपभोक्ताले पाउन नसकेका हुन् ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरे पनि केही दिनदेखि ग्याँसको आयात नियमित रूपमा भइरहेको स्विकार्छन् । रक्सौलबाहेक अन्य सबै नाकाबाट आपूर्ति सहज भइरहेको छ,’ उनले भने, ‘लोडिङ भएर नाकामा रोकिएका सबै बुलेट मुलुक भित्रिसकेका छन् ।’ नेपाल ग्याँस बिक्रेता महासंघका महासचिव चन्द्रबहादुर थापा भने डिलरमा पर्याप्त ग्याँस नआउँदा सबै उपभोक्ताले पाउन नसकेको बताउँछन् ।news24nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget