‘हत्यारा दमनकारी सरकार मुर्दावाद’ भनेपछि संसद २४ गतेसम्म स्थगित

काठमाडौं, २१ मंसिर । मधेसी मोर्चाको नाराबाजी र घेराउका कारण व्यवस्थापिका संसदको बैठक आज पनि अबरुद्ध भएको छ ।
निर्धारित समयभन्दा झन्डै साढे दुई घण्टा ढिलो सुरू भएको बैठकमा मधेसी र थारु सांसदहरूले नाराबाजी गरेर अबरोध गरेका हुन् ।
बैठकमा मधेसी मोर्चा र थारु सांसदहरूले ‘हत्यारा दमनकारी सरकार मर्दावाद’ भन्नुका साथै ‘हत्यारा दमन सरकारलाई कारबाही गर’ भनेर नाराबाजी गरेका थिए ।
बैठकमा सभामुखले उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापालाई बोल्नका लागि समय दिनुभएको थियो । तर सांसदहरूको नाराबाजीले मन्त्री थापाले बोल्न पाउनु भएको थिएन ।
संसदको बैठक नाराबाजी गरेर कारबाही अगाडि बढ्न नदिएपछि संसदको बैठक मंसिर २४ गते बिहीबार ३ बजेसम्मका लागि स्गगित भएको छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget