मृत्युको मुखमा पुगेका बाबुलाई आधा कलेजो दिएर बचाउने छोरा यिनै हुन

मृत्युको मुखमा पुगेका बाबुलाई आधा कलेजो दिएर बचाउने छोरा यिनै हुन
त्रिपुराकोट , १६ मङ्सिर / विश्वमा मानिस जति नै करुणामयी वा दानी भएता पनि अर्काको जीवन बचाउन आफ्नो अङ्गदान गर्ने मान्छे कमै मात्रैमा हुन्छन् । तर डोल्पाका एक युवाले आफ्नो आधा कलेजो दान गरेका छन् । डोल्पाको सदरमुकाम दुनैमा बस्ने चाँद हमालले आफ्ना बुबा अङ्गतकुमार हमाललार्ई पुनः जीवन प्रदान गरेका छन् ।
पेसाले जिल्ला विकास समितिको इन्जिनियर रहेका हमालको धेरै मदिरापानको कारण आधा कलेजो बिग्रेकाले बुबालाई बचाउन आधा कलेजो दान गरेको चाँद हमालले बताउनुभयो । नेपालमा उपचार सम्भव नभएपछि भारतको मुम्बईमा रहेको अस्पतालमा सफल कलेजो प्रत्यारोपण गरिएको र अहिले बुबा छोरा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको बिरामीका आफन्तले जनाएका छन् । रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget