-मन्त्री स्मृतिलाई कांग्रेसका वरिष्ठ नेताले नरेन्द्र मोदीकी कान्छी श्रीमती भनेपछि हंगामा !

काठमाडौँ, १४ पुस । भारतीय कांग्रेसका वरिष्ठ नेता निलामनी सेन देकाले मानव संशाधन मन्त्री स्मृति इरानीलाई प्रधानमन्त्री नरेन्द्र मोदीकी कान्छी पत्नी भनेका छन् । पूर्वकृषिमन्त्रीसमेत रहेका देकाले सार्वजनिक कार्यक्रममै इरानी मोदीकी कान्छी श्रीमतीको संज्ञा दिएका हुन् । देकाले आइतबार आसाममा यस्तो बताएपछि भारतीय मिडियाले इरानी र मोदीको फोटोसमेत जोडेर यसबारे समाचार प्रकाशित गरेका छन् । यस विषयलाई लिएर भारतमा हंगामा नै भएको खबर भारतीय संचारमाध्यमहरुले छापेका छन् ।



आसामको नीलबारी जिल्लामा आइतबार आयोजित कांग्रेसको एक सभामा पूर्वमन्त्री देकाले भने, ‘धेरै मानिसहरुले स्मृती इरानीलाई मोदीकी कान्छी श्रीमतीका रुपमा चिन्छन् । उनी भोलि नीलबारी आउँदैछिन् ।’
सत्तारुढ भारतीय जनता पार्टीले देकाको भनाइमाथि आपत्ति जनाएको छ । भाजपाका आसाम युनिट प्रमुख सर्वानन्द सोनोवालले भने, ‘यो आरोप कांग्रेसको प्रदुषित मानसिकताको उपज मात्र हो ।’ उनले लोकप्रिय प्रधानमन्त्रीलाई आरोपित गरेकोमा देकालाई कांग्रेसबाट निकाल्न समेत माग गरेका छन् । बीजेपी नेताहरुले प्रधानमन्त्री र मन्त्रीमाथि कांग्रेस नेताले लगाएको आरोपबारे कांग्रेस आइको प्रतिक्रिया मागेका छन् ।
etajakhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget