कांग्रेसले आज देशैभर श्रद्धाञ्जली कार्यक्रम गर्दै

काठमाडौं, फागुन ९ । नेपाली कांग्रेसले सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको १३ औं दिनको पुण्यतिथिमा आइतबार देशभर नै श्रञ्द्धाजलि कार्यक्रम आयोजना गरिरहेको छ  ।
कांग्रेस केन्द्रीय कार्यालयको निर्णयअनुसार ७५ वटै जिल्लाका सदरमुकाममा श्रद्धाञ्जलि कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा सहभागी हुन केन्द्रबाट अस्तुसहित केन्द्रीय सदस्य तथा नेताहरू जिल्ला पुगेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयले सबै जिल्लामा केन्द्रीय नेताहरूलाई पठाएको हो । कोइरालाको माघ २६ गते बिहान निधन भएको थियो । तिथिका हिसाबले १३ औं दिनको कार्यक्रम भने शनिबार नै गरिएको परिवारले जनाएको छ ।
कोइरालाको निधनमा पार्टीको जारी महाधिवेशनका कार्यक्रम केही दिन स्थगित भएका थिए । १३ दिनसम्म पार्टीका कुनै पनि औपचारिक कार्यक्रम गरिएका छैनन् । सोमबारदेखि कांग्रेसले महाधिवेसन केन्द्रित औपचारिक कार्यक्रम गर्नेछ ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget