काठमाडौंसँगै ताईवानमा पनि भुकम्पकेा शक्तिशाली धक्का महसुस भत्किए ठुला ठुला भवनहरु
माघ २३ –बैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि शुक्रवार राति १० बजेर ५ मिनेट जाँदा सिन्धुपाल्चोक र नुवाकोटको सिमानालाई केन्द्रविन्दु बनाएर ५ दशमलब ५ रेक्टर स्केलको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
अधिकारीले नयाँ भूकम्प नभई पुरानै भूकम्पको परकम्पन गएको बताए। १० किलोमिटर गहिरार्इ बनाएर भूकम्पको परकम्पन गएकाले ठूलो धक्का महसुस गरिएको अधिकारीले बताए।
उनका अनुसार भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोटसहित पश्चिम नेपालका कास्की, तनहुँ, बागलुङ, स्याङ्जा लगायतका जिल्लाहरुमा महसुस गरिएको छ।
त्येसैगरी
ताइवानमा शक्तिशाली भूकम्प गएको छ । ताइवानको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको युएस जियोलोजिकल सर्भे युएसजिएसले जनाएको छ ।
शनिबार बिहानै गएको भूकम्पका कारण टाइनान शहरको एउटा अपार्टमेन्ट भत्किएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
तर भूकम्पका कारण मानिसको ज्यान गएको तथा घाइते भएका खरब भने आएको छैन । भूकम्प गएको डेढ घण्टा पाँच भन्दा धेरै पराकम्प गएको ताइवानको केन्द्रीय मौसम ब्युरोले जनाएको छ । ताइवानको टेलिभिजनले प्रहरी, अग्निनियन्त्रक तथा उद्दारकर्मी भत्किएको भवन तर्फ उद्दारका लागि गएको देखाएको छ ।
टाइनान शहरमा भत्किएको अपार्टमेन्टमा केही मानिस फसेका छन् । शहरका अरु केही ठूला भवन पनि भत्किएको जनाइएको छ । तर त्यसको पुष्टी भने भइसकेको छैन । सामाजिक सञ्जालमा भत्किएका तथा कोल्टे परेका भवनका तस्बिर पोस्ट भएका छन् ।
यसअघि सन् १९९९ को सेप्टेम्बरमा गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण ताइवानमा २४ सय भन्दा धेरै मानिसको ज्यान गएको थियो ।
– एजेन्सीको सहयोगमा
Post a Comment