'मधेसी मोर्चाका नेता दिल्ली र विहार धाउनु दुःखद'

विराटनगर : मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेस आन्दोलनको नाउँमा जनतालाई सडकमा होम्ने तथा सर्वसाधारणलाई सास्ती दिने कार्य गलत भएको बताएका छन् ।

सो पार्टीद्वारा आज विराटनगरमा आयोजित कार्यकर्ता भेलामा उनले संविधानको संशोधनबाट नै सीमाङ्कनको मुद्दा सम्बोधन हुनसक्ने भए पनि मधेसी मोर्चाका नेताहरु दिल्ली र विहार धाइरहनु दुःखद् भएको टिप्पणी गरे ।


मधेसी मोर्चाको मागअनुसार नै संविधानमा संशोधन पारित भइसकेको र सीमाङ्कनको मुद्दाका लागि नाकाबन्दी र बन्दहडताल जारी राख्नुको उचित नदेखिएको स्पष्ट पार्दै उनले शान्तिपूर्ण रुपमा दबाब दिन मधेसवादी दललाई आग्रह गरे ।

उपप्रधानमन्त्री गच्छदारले जारी भएको संविधान संसारकै उत्कृष्ट संविधानमध्ये एक रहेको र यसले मधेसी, आदिवासी जनजाति, थारू, दलित र महिलाको हकअधिकार सुनिश्चित गरेको बताए । रासस
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget