शरिरमा रगत कमी भए के गर्ने…..
कामको चटारोमा हामी हाम्रो स्वास्थ्यको उचित रेखदेख गर्न सकिरहेका छैनौ । विशेषगरि थकान, कमजोरीले गर्दा हाम्रो अनुहार पनि पहेलो, रगत नभएको जस्तो देखिन्छ । तर ख्याल गर्नुस यहि लक्षण कतै रगतको कमि अर्थात रक्त अल्पताको त हैन । थाक्नु , कमजोरी हुनु , अनुहारको रङग पहेँलो ,फुङग उडेको जस्तो हुनु अनि हात- खुट्टा सुनिनु जस्ता लक्षण रक्त अल्पताको हो । शरिरमा हेमोग्लोबिन कम हुने मान्छेहरुलाई रक्त आल्पता हुन्छ। आउनुस शरिरमा रगत बढाउने ७ घरेलु उपाय जान्नुहोस..
–घरको करेसा बारिमा पाईने पालक,बेथेको साग, केराउ, हरियो धनियाँ, गोलभेडा नियमित रुपमा खानाले शरिरमा रगतको मात्रा बढ्छ ।
-पाकेको आँप दुधसँग खानाले रगत बढ्छ ।
-रगत बढाउने खाना जस्तै गहुँ, चना, मुगीको दाल पनि धेरै उपयोगी हुन्छ।
-लसुन खानाले पनि शरिरमा हेमोग्लोबिन कम हुन दिँदैन ।
-एलोवेराको जुस नियमित रुपमा खानु पर्छ यसले शरिरमा रगत बढाउने ठुलो भुमिका खेल्छ।
-अमला अर्थात यसको जुस खानाले पनि रगत बढ्दछ ।
-अनार र लौकाको जुस खानाले रगतमा हेमोग्लोबिनको मात्रा बढ्छ ।
Post a Comment