छवि र रेखाको एकअर्काप्रति यस्तो सम्मान

अभिनेत्री रेखा थापा र छवि ओझाको वैवाहिक सम्बन्ध सकिएको केहि वर्ष बितिसकेको छ। अहिले दुबै आफ्नो बाटोमा मस्त छन्। छविसँग रेखाको विभिन्न कुरामा मतभेद रहेतापनि एकअर्कालाई इज्जत दिने कुरामा भने कतै कमि देखिएको छैन्। बुधबार राजधानीमा भएको 'को आफ्नो'को प्रिमियरमा देखिएको एक दृश्यले त्यसलाई पुष्टि गर्थ्यो।
भयो यस्तो: रेखा बाल्कोनीबाट फिल्म हेरेर तल झर्दै थिइन् भने छवि स्पेस्लबाट निस्कदै थिए। ओर्लदै गर्दा रेखाले छविलाई देखिन र दौड्दै गएर 'मोरो ड्याडी' भन्दै झ्याप्प अँगालो हालिन्। छविले पनि हाँस्दै रेखालाई अंगालो हाले।


त्यसपछि रेखाले सोधिन्,‘ड्याडी सञ्चै छस् ?’ छविले ‘सञ्चै छु बाबु, तँलाई कस्तो छ ?’ भनेर सोधे। दुबैले एकअर्काको संन्चो विसन्चो खबर साटासाट गरे। रेखाले छविलाई  पहिलेदेखि नै ड्याडी र तँ सम्बाेधन गर्थिन् भने छविले पनि रेखालाई 'बाबु' र 'तँ' ले सम्बोधन गर्छन्।
अ‌कंमालपछि रेखाले छविलाई घरसम्म कसरी जाने भनेर सोधिन्। छविले कसैले ‘ड्रप’ गरिदिने बताए। रेखा गाडीमा निस्कने बेला पनि छवि र रेखाले फेरि केही बेर कुरा गरे।

रेखा र छविको यस्तो सम्बन्धलाई उदाहरणीय मान्नैपर्छ जो आफ्ना मतभेदका बिच पनि एकअर्कालाई सम्मान गर्छन्। नेपाली फिल्म उद्योगमा कुरा मिल्दा कुममा मुम जोड्ने र सम्बन्ध सक्किएपछि एकले अर्काको खोइरो खन्नेहरु कुनै कमी छैन्।
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget