अञ्जन र अनन्त ट्रायल दिन भारतमा

काठमाडौं– १२ औं साग टोलीको विजेता नेपाली यू–२३ को स्वदेशमा भव्य स्वागत भइरहँदा टोलीका दुई महत्वपूर्ण सदस्य भने त्यसमा सहभागी भएनन्। स्वर्ण पदक जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रक्षक अनन्त तामाङ र मिडफिल्ड अन्जन विष्ट साग आयोजनस्थत भारतको गुवाहिटीबाट सिक्किम हिमालयन क्लबमा ट्रायलका लागि त्यसतर्फ गएका छन्।

सागमा अन्जनले भुटान र माल्दिभ्सविरुद्धको सेमिफइनलमा १-१ गोल गरेका थिए भने अनन्तले बंगलादेशविरुद्ध एक गोल गरेका थिए।

भदौमा सम्पन्न राष्ट्रिय लिगमा अन्जनले सशत्र प्रहरीको एपिएफ क्लबबाट खेलेका थिए भने अनन्तले सुदुर पश्चिम क्लबको रक्षापंक्ति सम्हालेका थिए। दुबै एन्फा एकेडेमीका उत्पादन हुन्। नेपालमै आयोजित यू–१९ साफ च्याम्पियनसिपको पहिलो संकरणको उपाधी जिताउँदा अन्जानले ३ गोल गरेका थिए। विमल घर्तिमगर र अन्जन प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। त्यस्तै फाइनलमा अन्जनले ट्राइब्रेकरमा निर्णयक गोल गरेका थिए ।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget