काठमाडौं, माघ २२ । काठमाडौंस्थित पाकिस्तानी दूतावासले काठमाडौंमा शुक्रबार एक कार्यक्रम गरी काश्मिर ऐक्यबद्धता दिवस मनाएको छ ।
कार्यक्रममा पाकिस्तानी राजदूत आर्सद साउद खोसाले दक्षिण एसियाको स्थीरता र प्रगतिका लागि भारत प्रशासित काश्मिरको समस्या समाधान अपरिहार्य भएको बताए ।
उनले शान्तिपूर्ण तरिकाले समस्या समाधान गर्ने काश्मिरी जनताको चाहनाको कदर गर्दैै अन्तर्राष्ट्रिय समुदायले भारतमाथि दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पाकिस्तानी राष्ट्रपति ममनुन हुस्सैनको सन्देश पनि पढेर सुनाइएको थियो ।
सन्देशमा भारतीय सेनाले काश्मिरी जनताको स्वतन्त्रता र स्वायत्तताको चाहनालाई दबाउन नसक्ने उल्लेख गर्दै जम्मु–काश्मिरका जनताको न्यायका लागि आवाज उठाउन अन्तर्राष्ट्रिय समुदायसमक्ष अपील गरिएको छ ।
imagekhabar
Post a Comment