एसिया कप क्रिकेट
एसिया कप क्रिकेटमा बिहीबार श्रीलंकाले युएइविरुद्ध १४ रनको जित दर्ता गरेको छ।
बंग्लादेशको मिरपुरस्थित शेरे बङ्ला रंगशालामा भएको खेलमा श्रीलंकाले १३० रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको युएइले निर्धारित २० ओभरमा ११५ रनमात्र बनाउन सक्यो।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १२९ रन बनायो। दिनेश चण्डिमलले सर्वाधिक ५० रनको योगदान गरे भने तिलकरत्ने दिलशानले २७ रन बनाए। अन्य ब्याट्सम्यानले भने उल्लेखनीय योगदान गर्न सकेनन्।
युएइका बलरले टेस्ट मान्यताप्राप्त श्रीलंकाली ब्याट्स्म्यानलाई दबावमा राखेका थिए। अहमद जावेदले महत्वपूर्ण तीन विकेट लिए भने मोहम्मद नाविद र मोहम्मद शहजादले २-२ तथा रोहन मुस्तफाले एक विकेट लिए।
१३० रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको युएइले २० ओभरमा ८ विकेट गुमाउँदा ११५रन बनायो। अनुभवि खेलाडी स्वप्निल पाटिलले ३७ रन जोड्नु बाहेक अन्य खेलाडी श्रीलंकाली बलरसामु निरिह रहे।
भेटरान बलर लसिथ मालिङ्गाले पहिलो बलमै विकेट लिए। उनले पहिलो ओभरमा दुई विकेट लिए भने खेल अवधिमा चार विकेट हात पारे।
नुवान कुलसेकराले ३ तथा रंगना हेराथले २ विकेट लिए।
setopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.