लमहीः एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्रीले चाँडै चीन भ्रमण गर्ने बताएका छन् ।
छिमेकीसँग समदूरीको सम्बन्ध स्थापित गर्नका लागि चीनको भ्रमण पनि चाँडै हुने उनको भनाइ छ ।
‘भारत भ्रमण पूर्णरुपले सफल भएको हामीले ठानेका छौँ, नाकाबन्दी खुलेको छ, दुई देशबीचको असमझदारी र तिक्तता हटेको छ’ उनले भने, ‘छिमेकी देशसँग समान सम्बन्ध हुनुपर्छ, त्यसैले प्रधानमन्त्रीको चीन भ्रमण पनि चाँडै हुन्छ ।’
दाङको लमहीमा शुक्रबार बिहान कार्यकर्ताहरुसँग संक्षिप्त कुराकानी गर्दै महासचिव पोखरेलले चीन भ्रमणमा दुई देशबीच महत्वपूर्ण सम्झौताहरु हुने बताए ।
उनले चीनसँग पारबाहन, दीर्घकालिन उर्जा, वाणिज्य, बोर्डर कनेक्टेभिटीलगायतका महत्वपूर्ण सम्झौता हुनसक्ने बताए ।
‘हामीले छिमेकी देशहरुसँग सन्तुलित सम्बन्ध कायम गर्न नसक्दा यस्तो समस्या आएको हो, अब यस्तो हुँदैन’ उनले भने, ‘भारतले नेपालमाथि नाकाबन्दी गरेर भुटानलाई जस्तै गराउन खोजेको थियो तर, हामी अडिग रह्यौँ ।’
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.