मोर्चामा कि महतो रहँदैनन्, कि हामी हुँदैनौ– उपेन्द्र यादव

काठमाण्डु, २५ माघ–नाकाबन्दी खुलाउने औपचारिक निर्णय गर्न बस्ने भनिएको मधेसी मोर्चाको बैठक अझै बस्न सकेको छैन । आइतबार दिउँसो राजधानीमा बस्ने गरी बैठक तोकिएको थियो । मोर्चामा आबद्ध चारै
दलका अध्यक्ष काठमाण्डुमै भए पनि छलफलमा जुटेनन् । बरु मोबाइलको स्विच दबाएर बसिरहे ।
असोज ५ देखि ७ सम्म राजविराजमा बैठक गरी नाकाबन्दीको औपचारिक घोषणा गरेको मधेसी मोर्चा नाका खुला भएको घोषणा गर्न हच्किएको छ । मोर्चाका नेताहरुले नाका खोल्नु अघि भारतले आफूहरुसँग पर्याप्त समन्वयन नग रेको, बरु दबाबको भाषा बोलेको गुनासो ग रेका छन् । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले एकलौटी रुपमा न ाका खोलेको भन्दै मोर्चा आवद्ध अरु तीन दल रुष्ट छन् । स्रोतका अनुसार महतो आउने बैठकमा आफूहरु नआउँने चेतावनी मोचौकै केही नेताहरुले तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई दिएका छन् । ‘अबको मोर्चा बैठकमा कि महतो हुँदैनन कि हामी हुँदैनौं’ संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवलाई उदधृत गर्दै स्रोतले भन्यो, ‘महतोले नेतृत्वमा रहने हैसियत गुमाइसकेका छन् ।’ कान्तिपुर दैनिकबाट
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget